विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीया उमा तामाङ ३४ वर्षीय महेश प्रजापती र ३० वर्षिया शान्ती खड्गी रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये उमा […]

Dec 9, 2024 - 12:11
 0
विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीया उमा तामाङ ३४ वर्षीय महेश प्रजापती र ३० वर्षिया शान्ती खड्गी रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये उमा तामाङले १ जनालाई दुबई पठाउने भन्दै एक लाख ५० हजार रुपैयाँ, महेश प्रजापतीले दुबई पठाउने भन्दै एक लाख ८० हजार र शान्ती खड्गीले १ जनालाई रोमानिया पठाउने भन्दै पाँच लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितहरुले उनीहरुबिरुद्द जाहेरी दिएका थिए ।
हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register