बैंकहरुलाई सकारेको सम्पत्ति बेच्नै धौधौ, सस्तैमा बेच्न खोज्दा पनि किन्ने भेटिएनन् !

काठमाडौँ । खरिदकर्ता नभेटिएपछि बैंकहरुलाई धितोबापत सकारेको सम्पत्ति बेच्नै मुस्किल परेको छ । बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको भन्दै राष्ट्र बैंकले बेच्न प्रेसर दिएपछि लिलामी बिक्री सुरु गरेका बैंकहरु ग्राहक नपाउँदा मुस्किलमा परेका हुन् । अहिले एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, एनएमबि बैंक लगायतका थुप्रै बैंकहरुले धितोबापत सकारेका सम्पत्तिको लिलामी बिक्री खुला गरेका […]

Dec 10, 2024 - 03:51
 0
बैंकहरुलाई सकारेको सम्पत्ति बेच्नै धौधौ, सस्तैमा बेच्न खोज्दा पनि किन्ने भेटिएनन् !

काठमाडौँ । खरिदकर्ता नभेटिएपछि बैंकहरुलाई धितोबापत सकारेको सम्पत्ति बेच्नै मुस्किल परेको छ । बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको भन्दै राष्ट्र बैंकले बेच्न प्रेसर दिएपछि लिलामी बिक्री सुरु गरेका बैंकहरु ग्राहक नपाउँदा मुस्किलमा परेका हुन् ।

अहिले एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, एनएमबि बैंक लगायतका थुप्रै बैंकहरुले धितोबापत सकारेका सम्पत्तिको लिलामी बिक्री खुला गरेका छन् ।

तर, बैंकको लिलामीमा सहभागी हुने ग्राहक नपाएपछि बैंकहरु मुस्किलमा परेका छन् । अकोतर्फ बैंकहरुले लिलामीमा पनि सम्पत्ति बिक्री गर्न नगसेपछि पछिल्लो डेढ वर्षमा बैंकहरुको निष्क्रिय कर्जा दोब्बरले बढेको छ । यसले बैंकहरु झन् तनावमा परेका छन् ।

यसो त केही दिनअघि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सार्वजनिक कार्यक्रममा बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढिरहेको र यो निकै गम्भीर विषय भएको भन्दै अप्रत्यक्ष रुपमा गैरबैंकिङ सम्पत्ति बेच्न दबाब दिएका थिए । त्यसपछि बैंकहरुले धमाधम गैरबैंकिङ सम्पत्तिको लिलामी बिक्री खुला गरेका थिए । तर, बैंकले खुला गरेको लिलामी बिक्रीमा आवेदन दिने नपाएपछि बैंकहरु थप तनावमा परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register