‘अपत्यारिलो किर्तिमानी रकम तिर्नेगरी’ सिद्धार्थ बैंक बन्यो एनपिएलको मुख्य प्रयोजक, ‘अध्यक्षको ठाडो आदेश !’

काठमाडौँ । सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपीएल)को मुख्य प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै एनपीएलको मुख्य प्रयोजक सिद्धार्थ बैंक रहेको जानकारी दिएको छ ।  बैंकसँगको यस्तो सम्झौतासँगै अब एनपीएलको नाम ‘सिद्धार्थ बैंक एनपीएल’ रहने भएको छ ।  क्यानका सचिव पारस खड्काका अनुसार बैंक आगामी पाँच वर्षका लागि एनपीएलको मुख्य […]

Nov 15, 2024 - 12:41
 0
‘अपत्यारिलो किर्तिमानी रकम तिर्नेगरी’ सिद्धार्थ बैंक बन्यो एनपिएलको मुख्य प्रयोजक, ‘अध्यक्षको ठाडो आदेश !’

काठमाडौँ । सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपीएल)को मुख्य प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै एनपीएलको मुख्य प्रयोजक सिद्धार्थ बैंक रहेको जानकारी दिएको छ । 

बैंकसँगको यस्तो सम्झौतासँगै अब एनपीएलको नाम ‘सिद्धार्थ बैंक एनपीएल’ रहने भएको छ । 

क्यानका सचिव पारस खड्काका अनुसार बैंक आगामी पाँच वर्षका लागि एनपीएलको मुख्य प्रायोजक रहनेछ । एनपीएलका लागि बैंकले प्रायोजन गरेको रकम खेलकुदमा कीर्तिमानी रकम भएको बताइएको छ । तर, रकम कति हो ? भन्ने खुलाइएको छैन ।

यता बैंकका एक उच्च अधिकारीले बैंकको व्यवस्थापनले बैंकरले सोच्ने नसक्ने रकम तिर्नेगरी एनपीएलको टाइटल स्पोन्सर नबन्ने राय दिए पनि अध्यक्षको ठाडो आदेशले एनपीएलको मुख्य प्रयोजक बनेको बताएका छन् । ‘सामान्य रुपमा कोही बैंकरले सोच्नै नसक्ने रकम तिर्नेगरी एनपिएलको टाइटल स्पोन्सर बनिएको छ । यसमा बैंकको व्यवस्थापनको राय नगरौँ भन्ने नै थियो । अध्यक्षले जसरीपनि गर्नुपर्छ भनेपछि स्पोन्सर फाइनल गरियो ।’, ती अधिकारीले अर्थ सरोकारसँग भने ।

ती अधिकारीका अनुसार बैंकका अध्यक्षको ठाडो आदेशपछि बैंक निकै ठूलो रकम तिर्न तयार भएको हो । रकम कति हो भन्ने कुरा बाहिर गएको खण्डमा सेयरधनीबाट विरोध आउनसक्ने भन्दै अहिले रकम नखुलाउने सर्त राखिएको छ । ‘व्यवस्थापनको खिन्नताबीच बोर्डमा लगेर निर्णय गरिएको छ ।’, ती अधिकारीले भने । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register