गृहमन्त्री लेखकको स्पष्टोक्ति– रवि लामिछानेमाथि अभद्र व्यवहार भएको छैन

सुर्खेत । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि कुनै अभद्र व्यवहार नभएको स्पष्ट पारेका छन् । मंगलबार प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि प्रहरीबाट दुव्र्यवहार भएको भन्ने आरोपको खण्डन गरेका हुन् । उनीमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको गृहमन्त्री लेखकले स्पष्ट पारे […]

Dec 10, 2024 - 06:39
 0
गृहमन्त्री लेखकको स्पष्टोक्ति– रवि लामिछानेमाथि अभद्र व्यवहार भएको छैन

सुर्खेत । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि कुनै अभद्र व्यवहार नभएको स्पष्ट पारेका छन् ।

मंगलबार प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि प्रहरीबाट दुव्र्यवहार भएको भन्ने आरोपको खण्डन गरेका हुन् ।

उनीमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको गृहमन्त्री लेखकले स्पष्ट पारे । बरु लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उनले दाबी गरे ।

बरु गृहमन्त्री लेखकले सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको गुनासो गरे ।

‘सहकारी ठगीका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरु पनि यसमा तानिएका छन्,’ उनले भने ।

यसअघि चितवनबाट पोखरा लैजाने क्रममा रास्वपा सभापति लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको विषय बाहिरिएको थियो । यसप्रति मानवअधिकारवादीले पनि चासो लिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register