सहकारी ठगी प्रकरणः पर्सामा सुरु भयो रविको बयान

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पर्सामा बयान सुरु भएको छ । सोमबार पोखराबाट काठमाडौँ र काठमाडौँबाट वीरगञ्ज पुर्याइएका लामिछानेको मंगलबार बिहानदेखि सरकारी वकिल कार्यालय पर्सामा बयान सुरु भएको हो । हाल रविको सरकारी वकिल कार्यालयमा सानो पाइला सहकारीको बचत अपचलन आरोपमा बयान लिने काम […]

Dec 10, 2024 - 06:39
 0
सहकारी ठगी प्रकरणः पर्सामा सुरु भयो रविको बयान

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पर्सामा बयान सुरु भएको छ । सोमबार पोखराबाट काठमाडौँ र काठमाडौँबाट वीरगञ्ज पुर्याइएका लामिछानेको मंगलबार बिहानदेखि सरकारी वकिल कार्यालय पर्सामा बयान सुरु भएको हो ।

हाल रविको सरकारी वकिल कार्यालयमा सानो पाइला सहकारीको बचत अपचलन आरोपमा बयान लिने काम भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही प्रकरणमा बयानका लागि पर्सा पुर्याइएका पूर्वडिआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र नेचर्स हबका सञ्चालक रामबहादुर खनाललाई भने कास्की फिर्ता गर्ने तयारी गरिएको छ ।

सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको देखिएपछि प्रहरीले छवि, रवि र खनालविरुद्ध पक्राउ पुर्जी लिएको थियो । पक्राउ परेका लामिछानेविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण असुरमा अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register