लुम्बिनीले सुखद् अन्त्य गर्न सकेन, कर्णालीको प्ले अफ सम्भावना बलियो

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले सुखद् अन्त्य गर्न सकेन । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा लुम्बिनी कर्णालीसँग ५ रनले पराजित भएको हो । जितसँगै पराजित कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ । यता, लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनिसकेको छ । कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको […]

Dec 13, 2024 - 06:51
 0
लुम्बिनीले सुखद् अन्त्य गर्न सकेन, कर्णालीको प्ले अफ सम्भावना बलियो

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले सुखद् अन्त्य गर्न सकेन ।

शुक्रबार भएको आफ्नो अन्तिम खेलमा लुम्बिनी कर्णालीसँग ५ रनले पराजित भएको हो ।

जितसँगै पराजित कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ । यता, लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनिसकेको छ ।

कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १२३ रन मात्र बनायो ।

लुम्बिनीका लागि टम मुर्सले ३६ रनको योगदान गरे । सन्दीप जोराले २४ रन बनाए । कप्तान रोहितकुमार पौडेल १०, ओपनरद्वय आशुतोष घिरैया १६ र अर्जुन साउद १३ रन बनाएर आउट भए ।

कर्णालीका लागि जिशान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो ।

कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाए । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

अर्जुन घर्तीले २५ रन बनाए । बाबर हायातले २० र च्याडविक वाल्टनले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीका डेब्यू गरेका विकास आग्रीले ३, तिलक भण्डारी २ तथा रामोन सिमन्ड्स, साद बिन जफर र रोहितले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register