मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो, ४५ हजार भन्दा बढी प्रभावित

लिलोङ्वे । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छन् । आइतबार र मंगलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजार भन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन मामिला विभाग (डिओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मंगलबार आँधीका कारण २९ जना घाइते भएको बताए । कालेम्बाले कूल प्रभावित […]

Dec 18, 2024 - 12:55
 0
मलावीमा चक्रवातका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो, ४५ हजार भन्दा बढी प्रभावित

लिलोङ्वे । मलावीमा आएको शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छन् । आइतबार र मंगलबारसम्म देशमा परेको भारी वर्षाका कारण ४५ हजार भन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

विपद् व्यवस्थापन मामिला विभाग (डिओडीएमए) को आयुक्त चार्ल्स कालेम्बाले मंगलबार आँधीका कारण २९ जना घाइते भएको बताए ।

कालेम्बाले कूल प्रभावित घरपरिवारको सङ्ख्या १० हजार १५९ पुगेका र करिब ४५ हजार १६२ जना प्रभावित भएका बताउनुभयो । यसमध्ये २२७ जना विस्थापित भएका छन् ।

डिओडीएमए विभिन्न मानवीय साझेदारहरूसँगको सहकार्यमा प्रभावित समुदायहरूलाई राहत सहायता प्रदान गर्दैछ । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register