निर्मला पन्त प्रकरणमा प्रहरी भन्छ-ह्युमन इन्टेलिजेन्स पद्धतिबाट अनुसन्धान हुँदैछ

काठमाडौं। निर्मला पन्त प्रकरणमा प्रहरीले ६ वर्षपछि ह्युमन इन्टेलिजेन्स पद्धतिबाट अनुसन्धान थालेको जनाएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले सो घटनामा नयाँ शिराबाट अनुसन्धान सुरु गरिएको बताएका हुन् ।  उनले यसअघि गठन भएका समितिहरूको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर थप अनुसन्धान अघि बढाएको जानकारी दिए । सो प्रकरणमा […]

Dec 18, 2024 - 13:47
 0
निर्मला पन्त प्रकरणमा प्रहरी भन्छ-ह्युमन इन्टेलिजेन्स पद्धतिबाट अनुसन्धान हुँदैछ

काठमाडौं। निर्मला पन्त प्रकरणमा प्रहरीले ६ वर्षपछि ह्युमन इन्टेलिजेन्स पद्धतिबाट अनुसन्धान थालेको जनाएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले सो घटनामा नयाँ शिराबाट अनुसन्धान सुरु गरिएको बताएका हुन् ।  उनले यसअघि गठन भएका समितिहरूको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर थप अनुसन्धान अघि बढाएको जानकारी दिए ।

सो प्रकरणमा अनुसन्धान गर्न यसअघि गठित   ८ वटा समितिले  प्रतिवेदन समेत बुझाइसेका छन् ।  पहिलेका प्रतिवेदनलाई पनि आधार मानेर ह्युमन इन्टेलीजेन्स विधिबाट अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

२०७५ साउन १० मा मृत फेला परेकी  कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मलाको बलात्कारपछि   हत्या भएको अनुसन्धान निष्कर्ष छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register