नागरिक प्रथमको अपील- राजनीतिक, आर्थिक समस्याको समाधान गर्न सामुहिक प्रयास गरौं

काठमाडौं । नागरिक प्रथम अभियानले  देशको  राजनीतिक, आर्थिक समस्याको समाधान गर्न सामुहिक प्रयास गर्न अपील गरेको छ । अभियानले शनिबार एक विज्ञप्ति जारी गर्दै सात वटा संविधानहरु लेखिसक्दा र दर्जनौं सरकारहरु फेरिरहँदा पनि नेपालको राजनीतिक अभिष्ट आज पनि एक चौबाटोमै उभिएको जनाएको छ । “देशवासीको  स्वाभिमान प्राप्ति  र समृद्धी आर्जनको यात्राको गतिशील शुरुआत  यी दुइटै […]

Dec 14, 2024 - 16:43
 0
नागरिक प्रथमको अपील- राजनीतिक, आर्थिक समस्याको समाधान गर्न सामुहिक प्रयास गरौं

काठमाडौं । नागरिक प्रथम अभियानले  देशको  राजनीतिक, आर्थिक समस्याको समाधान गर्न सामुहिक प्रयास गर्न अपील गरेको छ ।

अभियानले शनिबार एक विज्ञप्ति जारी गर्दै सात वटा संविधानहरु लेखिसक्दा र दर्जनौं सरकारहरु फेरिरहँदा पनि नेपालको राजनीतिक अभिष्ट आज पनि एक चौबाटोमै उभिएको जनाएको छ ।

“देशवासीको  स्वाभिमान प्राप्ति  र समृद्धी आर्जनको यात्राको गतिशील शुरुआत  यी दुइटै आधारभूत आकांक्षाहरु विगत आठ-दशकदेखि नेपाली जनताले गर्दै आएको विभिन्न संघर्ष , आन्दोलन र प्राप्त गरेका साना-ठुला विजयहरुका बाबजुद आज पनि अपूरो नै छन्” विज्ञप्तिमा भनिएको छ, “यस्तै चिन्ता, चिन्तन र बिश्वासका साथ आज बिगतमा विभिन्न संघर्ष र आन्दोलन संग नेत्रित्व तहमा जोडिएका व्यक्तित्वहरु एकै ठाउमा आइ एक नया अठोट गरेका छन् ।”

नागरिक प्रथम अभियन्ता कासिन्द्र कबिरले भने, “आजको राजनीति र राजनीतिज्ञहरुको काम कुरालाई हेर्दा नागरिकहरुका यी आकांक्षाहरु पुरा हुने सम्भावना असम्भव देखिन्छ।”

अर्का अभियन्ता डम्बर खतिवडा भन्छन् “आज देश भरीका प्रगतिशील, लोकतान्त्रिक र समावेशी सोचहरु र प्रयासहरुको एकसाथ आउनु नेपालको राजनीतिक, आर्थिक र सामाजिक विकासको यात्रालाई समृद्ध बनाउने एतिहासिक आवाश्यकता बन्न गएको छ।”

“नागरिकहरुको स्वाभिमान र समृद्धीले नै एक राष्ट्रलाई पनि स्वाभिमानी र समृद्ध बनाएको हुन्छ। त्यसैले स्वशासन र सुशासन दुइटैको केन्द्रमा नागरिक हुन्छन”  अभियन्ता प्रशान्त सिंहले भने, “नागरिक प्रथम, नागरिक पहिलो अथवा People First सुत्रको अवधारणाले काम गरेको राज्यले मात्र स्वशासन र सुशासनको प्रत्याभूति गराउन सक्दछ।”

अर्का अभियन्ता सरोज राय ले भने, “यस एतिहासिक प्रयासमा बिचार, संसाधन र व्यक्तित्वलाइ झनै संगठित गर्दै, प्रत्येक नेपालवासीको स्वाभिमान  र  समृद्धिको संरक्षण र सम्वर्धन गर्न हामी प्रतिबद्ध छौं।”

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register