‘लेबल’बिनाको अचार भेटिएपछि भाटभटेनी सुपरमार्केट कारवाहीमा, अनुगमन टोलिले तिरायो १० हजार जरिवाना

काठमाडौँ । भाटभटेनी सुपरमार्केट फेरि कारवाहीमा परेको छ । ललितपुरको चापागाउँ दोबाटोस्थित भाटभटेनी सुपरमार्केट कारवाहीमा परेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा भएको संयुक्त जिल्ला बजार अनुगमनका क्रममा ‘लेबल’ नराखी खाद्य बस्तु बेचेको पाइएपछि भाटभेटेनी सुपरमार्केटलाई कारवाही गरिएको हो ।  भाटभेटनीले बेचिरहेको इम्लीको अचारमा म्याद नलेखिएको पाकेट भेटिएको […]

Jan 14, 2025 - 10:35
 0
‘लेबल’बिनाको अचार भेटिएपछि भाटभटेनी सुपरमार्केट कारवाहीमा, अनुगमन टोलिले तिरायो १० हजार जरिवाना

काठमाडौँ । भाटभटेनी सुपरमार्केट फेरि कारवाहीमा परेको छ । ललितपुरको चापागाउँ दोबाटोस्थित भाटभटेनी सुपरमार्केट कारवाहीमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा भएको संयुक्त जिल्ला बजार अनुगमनका क्रममा ‘लेबल’ नराखी खाद्य बस्तु बेचेको पाइएपछि भाटभेटेनी सुपरमार्केटलाई कारवाही गरिएको हो । 

भाटभेटनीले बेचिरहेको इम्लीको अचारमा म्याद नलेखिएको पाकेट भेटिएको अनुगमनमा सहभागी एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार उक्त अचारका प्याकेटमध्ये एउटा परीक्षणका लागि पठाइएको छ भने बाँकी प्याकेट जफत गरिएको छ । 

भाटभेटेनी सुपरमार्केटले लेबल नराखी खाद्यवस्तु बेचेको पाइएपछि भाटभटेनीलाई कारवाहीस्वरुप १० हजार रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै, अनुगमनका क्रममा उक्त टोलीले मकवानपुर फाष्टफुड र ए टु जेड स्टोरलाई कमजोरी सुधार्न सचेत गराएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register