आर्थिक क्षेत्रका कानुन सुधारको प्रयास सकारात्मकः चेम्बर अफ कमर्स 

काठमाडौँ । आर्थिक तथा व्यवसायिक वातावरण एवम् लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दूरगामी महत्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । सार्वजनिक सेवा सुधार गर्दै व्यवसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । ‘सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यवसायिक […]

Jan 14, 2025 - 11:08
 0
आर्थिक क्षेत्रका कानुन सुधारको प्रयास सकारात्मकः चेम्बर अफ कमर्स 

काठमाडौँ । आर्थिक तथा व्यवसायिक वातावरण एवम् लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दूरगामी महत्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

सार्वजनिक सेवा सुधार गर्दै व्यवसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । ‘सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएका छौँ ।’,  चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थतन्त्रको सुधार एवम् लगानीमैत्री वातावरणका लागि चेम्बर अफ कमर्सले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध रहेको देखिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताएका छन् । 

रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । ‘चेम्बरले अन्तराष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी  इन्ट्री र इजी एक्जिटको विषय सम्बोधन भएको छ ।’, उनले भने ।

सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा भएको चेम्बरको ठहर छ । आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशबाट विभिन्न ११ वटा र सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा सम्बन्धी अध्यादेशबाट १३ वटा कानुनमा संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्वपूर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।

जग्गा बाहेक स्थिर सम्पत्ति वा सम्झौताको धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेको सन्दर्भमा अध्यादेशमा उल्लेखित प्रावधानले केही सहजता प्रदान गर्ने अध्यक्ष अग्रवालले बताए । विशेष आर्थिक क्षेत्र सेज उद्योगलाई प्राथमिकतामा राख्नुलाई पनि चेम्बरले महत्वपूर्ण कमद भनेको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी सेजका उद्योगीलाई ७५ प्रतिशत निर्यात गर्ने वाध्यात्मक अवस्थाको अन्त्य हुनुलाई सकारात्मक रुपमा लिएको चेम्बरले जनाएको छ । सेवा क्षेत्रलाई पनि सेजमा आवद्ध गर्ने गरी अध्यादेशमा उल्लेखित व्यवस्थाले सेजमा निजी क्षेत्रलाई  सहजीकरण गर्न खोजिएको चेम्बरले जनाएको छ ।

हाल सञ्चालनमा रहेका उद्योगहरु विशेष आर्थिक क्षेत्र सेजमा सारिएमा कर छुट दिने व्यवस्थाको स्वागत गर्दै चेम्बरले आन्तरिक उत्पादन देखि बजारीकरणसम्म सहज हुने अपेक्षा समेत गरेको छ ।
यस्तै विवरण नबुझाएका कारण कम्पनीलाई लाग्ने जरिवानामा ९० प्रतिशतसम्म छुट दिन अध्यादेशमा गरिएको व्यवस्थालाई पनि चेम्बरले स्वागत गरेको छ । यसले औद्योगिक वातावरण केही सहज हुने चेम्बरले उल्लेख गरेको छ । अर्थतन्त्रको शिथिलतालाई अन्त्य गर्न अध्यादेश महत्वपूर्ण भएको भन्दै संसदको हिउँदे अधिवेशनबाट अध्यादेश टुङग्याउन समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register