तपाईंको आजको राशीफल (२०८१ पुस २ गते मंगलबार)

मेष : मनमा शान्तिको अनुभूत हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। वृष : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक तथा महत्त्वको [...] The post तपाईंको आजको राशीफल (२०८१ पुस २ गते मंगलबार) appeared first on Jhapa Online.

Dec 17, 2024 - 00:16
 0
तपाईंको आजको राशीफल (२०८१ पुस २ गते मंगलबार)

मेष : मनमा शान्तिको अनुभूत हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।

वृष : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ।

मिथुन : समय मध्यम खालको रहनेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा अरूले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

कर्कट : मन कमजोर भएको अनुभूति हुनेछ। काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ, साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

सिंह : महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।

कन्या : आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ। रमणीय र सुखद् यात्राको योग छ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बोलीवचनमा भने संयमता अपनाउनु पर्नेछ।

तुला : अतिथिको रूपमा सत्कार पाइएला। अधुरो कार्यले पूर्णता पाउनेछ। यथार्थ बाहिर आउँदा कुरा काट्नेहरूको मुख बन्द हुनेछ। मनमा शान्ति मिल्नेछ। बोली वचनमा संयमता अपनाउनु बुद्धिमानी हुनेछ।

वृश्चिक : नजिकका व्यक्तिले मन दुखाउन सक्छन्। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ। अतः सचेत रहनु होला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। साँझमा शुभ समाचार मिल्नेछ।

धनु : पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ। महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। कला र प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। हाँसखेल र मनोरञ्जनमा समय बित्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

मकर : पारिवारिक जीवन र प्रणय सम्बन्ध सकारात्मक हुने देखिन्छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

कुम्भ : हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।

मीन : यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामान हराउने सम्भावना छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन।

The post तपाईंको आजको राशीफल (२०८१ पुस २ गते मंगलबार) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register