बैंकबाट ऋण लिएर घर बनाउनेहरु बढे

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्ने-बनाउनेहरु बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट घर बनाउनका लागि ३ खर्ब बढी ऋण प्रवाह भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३ खर्ब १९ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ व्यक्तिगत […]

Jan 16, 2025 - 12:08
 0
बैंकबाट ऋण लिएर घर बनाउनेहरु बढे

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर किन्ने-बनाउनेहरु बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट घर बनाउनका लागि ३ खर्ब बढी ऋण प्रवाह भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३ खर्ब १९ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ व्यक्तिगत आवसीय कर्जा प्रवाह गरेका छन् ।

जुन गत आर्थिक वर्षको तुलनामा ५.१९ प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको सोही अवधिमा कुल ३ खर्ब ४ अर्ब ३ करोड ५३ लाख रुपैयाँ व्यक्तिगत आवसीय कर्जा प्रवाह गरेका थिए ।

चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै एनआईसी एशिया बैंकले व्यक्तिगत आवसीय कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ५३ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ कर्जा प्रदान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register