लन्डन-काठमाडौँ हवाई उडान र गोर्खा समस्या समाधान गर्न बेलायतसँग आग्रह

लन्डन । हाल बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समिति अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन्। लन्डनस्थित नेपाली राजदूतावासमा भएको उक्त भेटघाटमा कोइरालाले बेकरसँग भूपू गोर्खा सैनिकहरुको सेवा सुविधा सम्बन्धी समस्या समाधान र ब्रिटिस एअरवेजको लन्डन- काठमाडौँ सिधा हवाई उडानका लागि पहल गरिदिन आग्रह गरेका थिए […]

Jan 16, 2025 - 10:58
 0
लन्डन-काठमाडौँ हवाई उडान र गोर्खा समस्या समाधान गर्न बेलायतसँग आग्रह

लन्डन । हाल बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समिति अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन्।

लन्डनस्थित नेपाली राजदूतावासमा भएको उक्त भेटघाटमा कोइरालाले बेकरसँग भूपू गोर्खा सैनिकहरुको सेवा सुविधा सम्बन्धी समस्या समाधान र ब्रिटिस एअरवेजको लन्डन- काठमाडौँ सिधा हवाई उडानका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

साथै, उनले जलवायु परिवर्तनका कारण नेपालमा उत्पन्न संकटसँग जुध्न पनि बेलायती सहयोगमा जोड दिए ।  

‘नेपालका हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ । त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ’- कोइरालाले बेकरसँग कुरा राखेका थिए- ‘यसमा बेलायतले सहयोग गरिदिनुपर्‍यो ।’

बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेकी छन् । उक्त भेटघाटमा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडी पनि थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register