विकासदेखि नीति निर्माणसम्म कांग्रेसकै नेतृत्वमा : नेता सिटौला

झापा, १३ मंसिर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा भएको विकास निर्माणदेखि नीति निर्माणसम्म कांग्रेसकै नेतृत्वमा भएको दाबी गर्नुभएको छ । कांग्रेस झापाको कार्यालयमा आज भएको पार्टी पदाधिकारी र नेपाल तरुण दल झापाको संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै नेता सिटौला २००७ सालदेखि संविधान निर्माणसम्मका हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, खानेपानी, [...] The post विकासदेखि नीति निर्माणसम्म कांग्रेसकै नेतृत्वमा : नेता सिटौला appeared first on Jhapa Online.

Nov 28, 2024 - 14:30
 0
विकासदेखि नीति निर्माणसम्म कांग्रेसकै नेतृत्वमा : नेता सिटौला

झापा, १३ मंसिर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा भएको विकास निर्माणदेखि नीति निर्माणसम्म कांग्रेसकै नेतृत्वमा भएको दाबी गर्नुभएको छ ।

कांग्रेस झापाको कार्यालयमा आज भएको पार्टी पदाधिकारी र नेपाल तरुण दल झापाको संयुक्त भेलालाई सम्बोधन गर्नुहुँदै नेता सिटौला २००७ सालदेखि संविधान निर्माणसम्मका हरेक राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताउनुभयो ।

“शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् विस्तार, विकास निर्माण लगायतका सबै विकास र नीति निर्माण कांग्रेसकै नेतृत्वमा भएका हुन्”, उहाँले भन्नुभयो, “जसका कारण गाउँ–गाउँमा विकास र शिक्षा पुगेको छ ।”

वर्तमान सरकार पूरै अवधि टिक्ने बताउनुहुँदै नेता सिटौलाले कांग्रेसले सत्ता साझेदार दल र जनतालाई कहिल्यै नढाँट्ने उल्लेख गर्नुभयो । वैचारिक, सैद्धान्तिक र सांगठनिक धरातलमा रहेर समुदाय केन्द्रित कार्यक्रम गर्न नेता सिटौलाले तरुण दललाई निर्देशनसमेत दिनुभयो ।

“राजनीतिक दलको तागत वैचारिक धरातल र सिद्धान्तमा आधारित हुन्छ”, उहाँले भन्नुभयो, “हरेक परिवर्तनमा वैचारिक आन्दोलनको नेतृत्व गरेका क्रान्तिको उत्तराधिकारी कांग्रेस कार्यकर्ता हुनु गौरवको विषय हो ।”

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले तरुण दल पार्टीको शक्ति भएको बताउँदै पद खाली रहेका स्थानमा पदपूर्ति गरेर तरुण दलका गतिविधि क्रियाशिल बनाउन तहगत संरचनाहरुलाई आह्वान गर्नुुभयो ।

नेपाल तरुण दल झापाका अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा भएको भेलामा भूमिराज राई, राजकुमार नेउपाने, गोकुल श्रेष्ठ, लवकुमार चौधरी, राजीव लिम्बू, तुला बोखिक, विशाल तामाङ, शेरबहादुर बस्नेत, खड्ग लिम्बू, अर्जुनकुमार शर्मा, मोहन बराइली लगायतले मन्तव्य राख्नुभएको थियो ।

The post विकासदेखि नीति निर्माणसम्म कांग्रेसकै नेतृत्वमा : नेता सिटौला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register