महिला फुटबल : पुस ५ र ७ गते नेपाल र भुटानका ४ टिम भिड्दै

काठमाडाैं । महिला फुटबलको इतिहास बनाउन हिडेका नेपाल र भुटानका अण्डर १६ र १९ का टिमहरु भिड्दै छन् । यही पुस ५ र ७ गते दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चार टिमकाे खेल हुन लागेकाे हाे । नेपाली चेलीहरु र ड्रागन गर्लहरुको रोमाञ्चक फुटबल यात्राले युवा पुस्ताको ध्यान खिच्ने अपेक्षा फुटबल प्रेमीहरुको छ। पछिल्लो […]

Dec 18, 2024 - 14:54
 0
महिला फुटबल : पुस ५ र ७ गते नेपाल र भुटानका ४ टिम भिड्दै

काठमाडाैं ।

महिला फुटबलको इतिहास बनाउन हिडेका नेपाल र भुटानका अण्डर १६ र १९ का टिमहरु भिड्दै छन् ।

यही पुस ५ र ७ गते दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चार टिमकाे खेल हुन लागेकाे हाे ।

नेपाली चेलीहरु र ड्रागन गर्लहरुको रोमाञ्चक फुटबल यात्राले युवा पुस्ताको ध्यान खिच्ने अपेक्षा फुटबल प्रेमीहरुको छ। पछिल्लो समय महिला फुटबलको क्रेज विश्वभरी ह्वात्तै बढेको छ। साफ वीमेन्स च्याम्पियनशिपमा नेपाली महिला टिमको शानदार प्रदर्शनले पनि धेरैको मन जितेको छ।

जुन कुनै उमेर समूहका फ्यानहरु ड्रागन लेडीहरुको प्रदर्शन नेपाली चेलीहरुबीच टक्कर दिने होला या कस्तो होला प्रतीक्षा गरिरहेका छन्।

यी खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स एचडी र एडिआर स्पोर्ट्स युट्युब च्यानल मार्फत हुने तथा टिकेटिङ पार्टनर ई सेवा रहेको ग्लोबल राइट होल्डर कम्पनी एडी रिलिज प्रालीले जानकारी गराएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register