बाहिरियो हिरासतमा रवि सुतिरहेको तस्वीर, रास्वपा नेताको आपत्ति

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर बुधबार राति बाहिरिएको छ । सार्वजनिक भएको तस्वीरमा उनी सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ । प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने नेत्तृत्वको दल रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् । नेता दीपक बोहराले सामाजिक सञ्जाल […]

Dec 19, 2024 - 00:11
 0
बाहिरियो हिरासतमा रवि सुतिरहेको तस्वीर, रास्वपा नेताको आपत्ति

काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर बुधबार राति बाहिरिएको छ । सार्वजनिक भएको तस्वीरमा उनी सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ ।

प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने नेत्तृत्वको दल रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् ।

नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै जानाजान प्रहरीले नै तस्वीर सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका छन् । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका छन् ।

‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ बोहराले फेसबूकमा लेखेका छन् ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।

 

रवि लामिछानेविरुद्ध शुक्रबार मुद्दा दायर हुने, आइतबारदेखि थुनछेक बहस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register