बार्सिलोनाले गर्‍यो ६५ वर्षअघिको आफ्नै कीर्तिमान बराबरी

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युरोपियन फूटबलमा करिब ६५ वर्षअघिको कीर्तिमान बराबरी गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सर्बियाको क्रिभेना ज्भेज्दा (रेड स्टार बेलग्रेड)विरुद्धको खेल ५–२ गोल अन्तरले जितेसँगै बार्सिलोनाले आफ्नै कीर्तिमान बराबरी गरेको हो । बार्सिलोनाले युरोपियन प्रतिस्पर्धामा लगातार तीन खेलमा चार गोल गरेर सन् १९५९–६० को कीर्तिमान बराबरी गरेको छ । २०२४–२५ […]

Nov 7, 2024 - 07:33
 0
बार्सिलोनाले गर्‍यो ६५ वर्षअघिको आफ्नै कीर्तिमान बराबरी

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युरोपियन फूटबलमा करिब ६५ वर्षअघिको कीर्तिमान बराबरी गरेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सर्बियाको क्रिभेना ज्भेज्दा (रेड स्टार बेलग्रेड)विरुद्धको खेल ५–२ गोल अन्तरले जितेसँगै बार्सिलोनाले आफ्नै कीर्तिमान बराबरी गरेको हो ।

बार्सिलोनाले युरोपियन प्रतिस्पर्धामा लगातार तीन खेलमा चार गोल गरेर सन् १९५९–६० को कीर्तिमान बराबरी गरेको छ । २०२४–२५ को जारी सिजन उच्च लयमा देखिएको बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत यसअघि भएका दुई खेलमा पनि कम्तीमा चार गोल गरेको छ ।

यस क्रममा बार्सिलोनाले स्विस क्लब योङ ब्वाइजलाई ५–० र जर्मन क्लब बायर्न म्युनिखलाई ४–१ गोल अन्तरले हराएको थियो ।

बुधबार रातिको जितसँगै चार खेलमा ९ अंक जोडेको बार्सिलोना लिगको छैटौं स्थानमा छ ।

रेड स्टार रंगशालामा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लोवान्डोस्कीले दुई तथा इनिगो मार्टिनेज, राफिन्हा र फिर्मिन लोपेजले समान एक गोल गरे । रेड स्टारका लागि सिलास र मिल्सनले एक–एक गोल फर्काए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register