कर्णाली साकोस २५ वर्षमा प्रवेश, विद्यार्थी र ज्येष्ठ नागरिक सम्मान गर्दै रजत महोत्सव सुरु

झापा, ४ पुस । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. (कर्णाली साकोस) आज पुष ४ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी २५औं स्थापना दिवस तथा रजत महोत्सव शुभारम्म समारोह सम्पन्न गरेको [...] The post कर्णाली साकोस २५ वर्षमा प्रवेश, विद्यार्थी र ज्येष्ठ नागरिक सम्मान गर्दै रजत महोत्सव सुरु appeared first on Jhapa Online.

Dec 19, 2024 - 15:09
 0
कर्णाली साकोस २५ वर्षमा प्रवेश, विद्यार्थी र ज्येष्ठ नागरिक सम्मान गर्दै रजत महोत्सव सुरु

झापा, ४ पुस । बिर्तामोडमा मुख्य कार्यालय रहेर कोशी प्रदेशका तीनवटा जिल्लालाई कार्यक्षेत्र बनाएको नेपालकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. (कर्णाली साकोस) आज पुष ४ गतेदेखि २५ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा संस्थाले आज बिर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरी २५औं स्थापना दिवस तथा रजत महोत्सव शुभारम्म समारोह सम्पन्न गरेको छ ।
कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महातारा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित उक्त विशेष कार्यक्रममार्फत रजत वर्षको लोगो सार्वजनिक गर्दै २५ जना ज्येष्ठ सदस्य र २५ जना विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

साकोसको नीति अनुसार संस्थाको सेयर सदस्य बनेर १० वर्षदेखि नियमित कारोबार गरिरहेका ७० वर्ष उमेर पार गरेका ज्येष्ठ सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको हो । यो वर्ष संस्थामा यस्ता सदस्यहरुको संख्या ६४ जना रहेको र आज सांकेतिकरुपमा बिर्तामोड आसपासका २५ जनालाई उक्त रकम प्रदान गरी सम्मान गरिएको सचिव भुपाल बस्नेतले बताए ।

यसैगरी कर्णाली साकोसले हरेक वर्ष दामासाहीले प्रदान गर्दै आएको ५ लाख रुपैयाँ छात्रवृत्ति रकम यो वर्ष १०० जना विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले प्रदान गर्न सुरु गरेको छ ।

संस्थाका सेयर सदस्यका छोराछोरीमध्ये २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने १०० जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गर्नेक्रममा आज २५ जनालाई हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उक्त छात्रवृत्ति तथा ज्येष्ठ सदस्य सम्मान रकम संस्थाका अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथि प्रसाईं, विशिष्ट अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली लगायतले हस्तान्तरण गरेका थिए ।

रजत महोत्सव शुभारम्भ समारोहका प्रमुख अतिथि नगरप्रमुख प्रसाईंले केही खराब नियत बोकेका सहकारीका सञ्चालक र कर्मचारीकारण सिंगो अभियान माथि नै प्रश्न चिन्ह उठेको दावी गरिन् ।

नगर प्रमुख प्रसाईंले भनिन्, ‘धेरै सहकारी संस्थाहरुले अत्यन्त राम्रा कामहरु गरिरहेका छन् । सहकारी संस्था सदस्य परिवारमा जन्मदेखि मृत्युसम्मको साथी बनेको छ । यसले हजारौंलाई रोजगारीको अवसर सिर्जना गरेर जीवनयापनमा मद्धत पुर्याएको मात्र छैन बेरोजगार युवालाई स्वदेशमा नै रोजगारी दिएर विदेशिनबाट पनि जोगाएको छ । अनि कतिपय संस्थाहरुले त निरक्षर महिलाहरुलाई साक्षर पनि बनाएका छन् ।’

‘यतिराम्रो काम गरिरहेका सहकारीहरु मध्ये कुनै कुनै बिग्रिएका पनि छन् । त्यसैले सदस्यहरुलाई राम्रा सहकारी छान्ने यो उपयुक्त समय हो’ नगरप्रमुख प्रसाईंको सुझाव थियो ।

सहकारीहरुले राज्यले तोकेकोभन्दा बढी ब्याज लिएको भन्ने लाग्यो भने साधारणसभामा छलफल चलाउन सकिने भन्दै उनले सफल सहकारी बनाउन संस्थाबाट सञ्चालकहरुले ऋणको कारोबार नगर्न सुझाव पनि दिइन् ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठ र सचिव बस्नेतले २५ वर्षअघि कर्णाली साकोस स्थापना गर्दा भोगेका तीतामिठा अनुभवहरु सुनाएका थिए । संस्थामा सुरुदेखि पटक पटक चुनौतीहरु आएका छन्भन्दै अध्यक्ष श्रेष्ठले संस्थापकहरु २६ जनाबाट १०–१० हजार रुपैयाँ उठाएर २ लाख ६० हजार रुपैयाँ चुक्ता शेयर पूँजीबाट स्थापना गर्ने निर्णय भयो ।

‘तीमध्ये ८ जनाले शेयर रकम नै जम्मा नगरेको र अरुबाट पनि थोरै रकम जुट्दा ५३ हजार ५०० रुपैयाँ मात्र जम्मा भएछ। तोकिएको रकम पूरा गर्न नसकेकोले बाँकी रकमको कपाली तमसुकमा सहीछाप गरेर संस्था स्थापना गरेका थियौं’ अध्यक्ष श्रेष्ठ केही समय ‘नोस्टाल्जिया’ भए ।

यसैगरी सचिव बस्नेतले संस्था जन्माउन काठमाडौंमा छलफल गरेकोदेखि संस्थामा विभिन्न ‘नामहरु’ राखेर विश्वासिलो बनाएको तथा उद्घाटनको दिन चौरी सफा गर्दास्म्मको स्मरण गरे ।

कर्णाली साकोसका उपाध्यक्ष रामकुमार गौतमले शाब्दिक स्वागत गरेको सो कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकालले सहकारी अभियानको वर्तमान सन्दर्भहरुबारे चर्चा गरेका थिए ।

The post कर्णाली साकोस २५ वर्षमा प्रवेश, विद्यार्थी र ज्येष्ठ नागरिक सम्मान गर्दै रजत महोत्सव सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register