अलैंचीको मूल्य १२ वर्षयताकै उच्च, प्रतिमन १ लाख १० हजार रुपैयाँ
इलाम, ४ पुस । इलाममा अलैंचीको मूल्यले नयाँ उचाइ लिएको छ। हाल उच्च गुणस्तरीय अलैंचीको प्रतिमन (४० किलो) मूल्य १ लाख १० हजार रुपैयाँ पुगेको छ । यो मूल्य १२ वर्षयताकै उच्च हो । रोगका कारण खेतीप्रति निराश भएका किसानहरू मूल्य वृद्धिले उत्साही भएका छन्। माइमझुवाका किसान गिरिराज खनालले पुराना बगान मासेर नयाँ बगान विस्तार [...] The post अलैंचीको मूल्य १२ वर्षयताकै उच्च, प्रतिमन १ लाख १० हजार रुपैयाँ appeared first on Jhapa Online.

इलाम, ४ पुस । इलाममा अलैंचीको मूल्यले नयाँ उचाइ लिएको छ। हाल उच्च गुणस्तरीय अलैंचीको प्रतिमन (४० किलो) मूल्य १ लाख १० हजार रुपैयाँ पुगेको छ । यो मूल्य १२ वर्षयताकै उच्च हो ।
रोगका कारण खेतीप्रति निराश भएका किसानहरू मूल्य वृद्धिले उत्साही भएका छन्। माइमझुवाका किसान गिरिराज खनालले पुराना बगान मासेर नयाँ बगान विस्तार गर्दै उत्पादन दोब्बर बनाएको बताए। खनालले भने, ‘अलैंची खेतीले विदेश जानुपर्ने बाध्यता हटाएको छ।’
२०७९ सालमा प्रतिमन ३२,००० रुपैयाँ रहेको अलैंचीको मूल्य २०८० सालमा ६०,००० रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको मङ्सिरसम्ममा करिब ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको २० लाख किलो अलैंची निर्यात भइसकेको मेची भन्सार कार्यालयले जनाएको छ।
इलामका विभिन्न बजार (बिब्ल्याँटे, फिक्कल, नयाँबजार) मा अलैंचीको कारोबार भइरहेको छ । अलैंचीको मूल्य उच्च भएसँगै किसानहरू बगान विस्तार, बिरुवा उत्पादन, र सरसफाइमा लागेका छन् । अलैंची विकास केन्द्रका अनुसार देशभर हाल १७ हजार हेक्टरमा अलैंची खेती भइरहेको छ।
The post अलैंचीको मूल्य १२ वर्षयताकै उच्च, प्रतिमन १ लाख १० हजार रुपैयाँ appeared first on Jhapa Online.
What's Your Reaction?






