कनकाईको जुकेकल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
भद्रपुर, २१ माघ । झापाको कनकाई नगरपालिका–१ स्थित जुकेकल्भर्टमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पूर्व–पश्चिम लोकमार्ग अन्तरगत सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे [...] The post कनकाईको जुकेकल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

भद्रपुर, २१ माघ । झापाको कनकाई नगरपालिका–१ स्थित जुकेकल्भर्टमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
पूर्व–पश्चिम लोकमार्ग अन्तरगत सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाईभर्सनमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिटौलाको टाउको, निधारमा चोट लागेको थियो ।
घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा अन्य थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
The post कनकाईको जुकेकल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






