उच्च रक्तचाप (ब्लड प्रेसर) लाई नियन्त्रणमा राख्न के गर्ने ?

सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । स्वस्थ जीवनशैली कसरी अपनाउने ? यदि तपाँई धूमपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ । तपाँईमा मोटोपनाको समस्या छ भने [...] The post उच्च रक्तचाप (ब्लड प्रेसर) लाई नियन्त्रणमा राख्न के गर्ने ? appeared first on Jhapa Online.

Jan 11, 2025 - 09:19
 0
उच्च रक्तचाप (ब्लड प्रेसर) लाई नियन्त्रणमा राख्न के गर्ने ?


सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ ।

स्वस्थ जीवनशैली कसरी अपनाउने ?

यदि तपाँई धूमपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।

तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।

यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।

यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन
गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ ।

उच्चरक्त चाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

अन्य उपायहरु पोटासियमयुक्त खाना धेरै खानुपर्छ स् पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ ।

साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ ।ताजा फलफूल नियमित खानुपर्छ स् ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।

प्रशस्त हरियो सागसब्जी खानुपर्छ – प्रतिदिन नियमित २,३ चोटि हरियो सागसब्जी खानुपर्छ ।

माछाको प्रयोग फाइदाजनक मानिन्छ – हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

रक्तचापको नियन्त्रणले असामयिक मृत्युबाट बचाउँछ स् उच्च रक्तचापको नियन्त्रण जरुरी हुन्छ । रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ ।

जुनसुकै बेला रक्तचाप १४०र९० हुनुपर्छ ।रक्तचाप १२०र ८० भन्दा कम भएमा भने राम्रो हुन्छ । कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ ।

त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ ।
डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

The post उच्च रक्तचाप (ब्लड प्रेसर) लाई नियन्त्रणमा राख्न के गर्ने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register