आइतबार १३.५३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.८९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Dec 22, 2024 - 09:26
 0
आइतबार १३.५३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.८९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १९ कम्पनीको ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिभर फल्स पावर लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ३ लाख १२ हजार ८ सय ३४ रुपैयाँ ८० पैसा बराबरको भएको छ ।

त्यस्तै, आइतबारको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्ससहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register