‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको केही समयपछि भारतीय सेनाले पहिलो पटक सार्वजनिक रुपमा अपरेसनबारे जानकारी दिएको छ । आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा भारतीय थल, जल र वायु सेनाका वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा ‘अपरेसन सिन्दूर’को बिस्तृत विवरण सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल घई, वायुसेनाका तर्फबाट एयर मार्सल […]

May 12, 2025 - 05:59
 0
‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

काठमाडौं ।

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको केही समयपछि भारतीय सेनाले पहिलो पटक सार्वजनिक रुपमा अपरेसनबारे जानकारी दिएको छ ।

आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा भारतीय थल, जल र वायु सेनाका वरिष्ठ अधिकारीहरूले संयुक्त रूपमा ‘अपरेसन सिन्दूर’को बिस्तृत विवरण सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा सेनाका तर्फबाट लेफ्टिनेन्ट जनरल घई, वायुसेनाका तर्फबाट एयर मार्सल एके भारती तथा नौसेनाका तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदाले अपरेसन सिन्दूरको बारेमा जानकारी दिए ।

घइतेले ब्रिफिङको क्रममा भने, ‘सेनाद्वारा नौ आतंकवादी लुकेका ठाउँहरूमा सटीक लक्ष्यका साथ आक्रमण गरियो । यी आक्रमणहरूमा १०० भन्दा बढी आतंककारीहरू मारिए । यसमा युसुफ अजहर, अब्दुल मलिक रौफ र मुदस्सीर अहमद जस्ता उच्च मूल्यका आतंककारीहरू समावेश थिए ।’

यी तीन जना आईसी ८१४ को अपहरण र पुलवामा विस्फोटमा संलग्न रहेको उनले बताए । लेफ्टिनेन्ट जनरल राजीव घईले भने, ‘त्यसको केही समयपछि, पाकिस्तानले पनि नियन्त्रण रेखा उल्लंघन गर्‍यो । यो शत्रुको अनियमित र आतंकित प्रतिक्रिया थियो जसको परिणामस्वरूप दुर्भाग्यवश ठूलो संख्यामा नागरिक, गाउँ र गुरुद्वारा जस्ता धार्मिक स्थलहरूलाई निशाना बनाइयो । धेरै नागरिकहरूले आफ्नो ज्यान गुमाए ।’ बीबीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register