युवा-युवती एउटै रूखमा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । मोरङमा एउटै रूखमा युवा–युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मोरङ्गको पथरीशनिश्चरे–५ घर भएका २२ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर भएकी जाबुमुनी मृत फेला परेका हुन् । अजयको घरभन्दा करिब करिब १ किलोमिटर दक्षिणमा रहेको बक्राहा खोलाको किनारमा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । मङ्गलबार […]

Mar 4, 2025 - 09:59
 0
युवा-युवती एउटै रूखमा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । मोरङमा एउटै रूखमा युवा–युवती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङ्गको पथरीशनिश्चरे–५ घर भएका २२ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर भएकी जाबुमुनी मृत फेला परेका हुन् ।

अजयको घरभन्दा करिब करिब १ किलोमिटर दक्षिणमा रहेको बक्राहा खोलाको किनारमा उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

मङ्गलबार स्थानीयले उनीहरू झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीकाअनुसार मृत फेला परेकी जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने अजयको पत्नी र २ जना छोरा छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register