जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने झापाका प्रहरी प्रमुख राजन लिम्बूको प्रतिबद्धता

झापा, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय झापाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ । जिल्ला प्रहरी कार्यालयको सभाहलमा आज जिल्ला सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रहरी सेवा थप नागरिकमैत्री बनाउँदै प्रहरीसम्मको पहुँचलाई बृद्धि गर्ने [...] The post जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने झापाका प्रहरी प्रमुख राजन लिम्बूको प्रतिबद्धता appeared first on Jhapa Online.

May 13, 2025 - 16:09
 0
जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने झापाका प्रहरी प्रमुख राजन लिम्बूको प्रतिबद्धता

झापा, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय झापाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले झापा जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको सभाहलमा आज जिल्ला सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा त्यस्तो प्रतिबद्धता जनाउनुभएको हो । प्रहरी सेवा थप नागरिकमैत्री बनाउँदै प्रहरीसम्मको पहुँचलाई बृद्धि गर्ने उहाँले बताउनुभयो ।

भिडियो समाचारका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/jhapaonlineportal/videos/661995503346435

झापामा विकराल बन्दै गएको लागुऔषध नियन्त्रण, आत्महत्या, मानव बेचबिखन, दुर्घटना लगायत शान्तिसुरक्षासँग सबै कामलाई चुस्त र प्रभाकारी बनाउने उहाँको भनाइ छ । अन्तक्रियामा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुले मोटरसाइकल चोरी, लागुऔषध नियन्त्रण, प्रतिबन्धित औषधि बिक्री वितरण, सडक बालबालिका लगायतको नियन्त्रण र नियमनका लागि सुझावसँगै प्रहरीको भूमिकाका बारेमा जिज्ञासा राखेका थिए ।

सञ्चारकर्मीको प्रश्न तथा जिज्ञासाको जवाफ दिनुुहुँदै प्रहरी प्रमुख लिम्बूले प्रहरीको एकल प्रयासले भन्दा पनि सबैको साथ र सहयोगले जिल्लामा सुव्यवस्था कायम गर्न सकिने बताउनुभयो ।

The post जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने झापाका प्रहरी प्रमुख राजन लिम्बूको प्रतिबद्धता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register