सुपथ मूल्यका औषधी उपलब्ध गराउन सहजीकरण समिति गठन

काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन सहजीकरण समिति गठन गरिएको छ । लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजललगायतका औषधि बिक्री नभएको गुनासोपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यक छलफल गरी समिति गठन गरेको उनको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले सरकारी नियमअनुसार तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि […]

May 13, 2025 - 15:35
 0
सुपथ मूल्यका औषधी उपलब्ध गराउन सहजीकरण समिति गठन

काठमाडौं । नेपाल औषधी लिमिटेडद्वारा उत्पादित सुपथ मूल्यका औषधी सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउन सहजीकरण समिति गठन गरिएको छ ।

लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजललगायतका औषधि बिक्री नभएको गुनासोपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आवश्यक छलफल गरी समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले सरकारी नियमअनुसार तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका लागि आवश्यक पहलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीसँग आज छलफल गरेका थिए । उक्त बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेडलगायतका अधिकारी रहने गरी समिति गठन गरिएको हो । अब समितिको सुझावका आधारमा आवश्यक निर्णय गरेर अघि बढिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।

यसअघि छलफलका क्रममा स्वास्थ्यमन्त्री पौडेलले आमनागरिकलाई सुपथ मूल्यमा उपलब्ध गराउन लिमिटेडबाट निरन्तर उत्पादन हुन जरुरी रहेको बताए । उनले सरकारी स्वास्थ्य संस्थामा अनिवार्य उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधिका लागि उद्योगबाट खरिद गर्न सकिने विकल्पबारे गृहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, महाप्रबन्धक कैलाशकुमार पनेरुसमेत सहभागी थिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register