कोशी प्रदेशका धामीझाँक्री झापामा, संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता

चन्द्र बस्नेतकनकाई, ११ पुस । आफुबाट धामीझाँक्रीप्रतिको विश्वास कहिल्यै नघट्ने शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा (रोषन) ले बताउनुभएको छ। तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिस्ठान कोशी प्रदेश कार्य समिति तथा भगवती माता महारानी मन्दिर समितिद्वारा संयुक्त आयोजित सामुहिक धामीझाँक्री गुरुपुजा तथा चिल्लागढको चिनारी एवम् माता महारानी तुलसादेवी कार्कीको जीवनी र उपचार पद्दति नामक पुस्तक लोकार्पण कार्यक्रमको [...] The post कोशी प्रदेशका धामीझाँक्री झापामा, संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता appeared first on Jhapa Online.

Dec 26, 2024 - 02:42
 0
कोशी प्रदेशका धामीझाँक्री झापामा, संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता

चन्द्र बस्नेत
कनकाई, ११ पुस ।
आफुबाट धामीझाँक्रीप्रतिको विश्वास कहिल्यै नघट्ने शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा (रोषन) ले बताउनुभएको छ।

तन्त्र तथा धामीझाँक्री अध्ययन प्रतिस्ठान कोशी प्रदेश कार्य समिति तथा भगवती माता महारानी मन्दिर समितिद्वारा संयुक्त आयोजित सामुहिक धामीझाँक्री गुरुपुजा तथा चिल्लागढको चिनारी एवम् माता महारानी तुलसादेवी कार्कीको जीवनी र उपचार पद्दति नामक पुस्तक लोकार्पण कार्यक्रमको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढमाआयोजित कार्यक्रमलाई आज बुधबारबिहान प्रमुख आतिथिको आशनबाट सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो। नगर प्रमुख थोप्प्राले धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण प्रवधन प्रचारप्रसार एवम् धामीझाँक्रीहरुको समेत संरक्षणमा स्थानीय सरकार लागिपर्ने प्रतिवद्वता जनाउनुभयो।

उहाँले आफ्नो परिवारमा पिता पनि धामीझाँक्रीनै भएको र धेरै पहिला देखिनै उहाँबाट हुने उपचार पद्धतिबाट पनि आफू प्रेरित हुने गरेको सुनाउनु भएको थियोे । ‘नेपाली समाजमा धामीझाँक्रीको परिभाषा गलत पाईन्छ यो झाँक्री विद्या भनेको प्रकृतिको स्रोतबाट आर्जन हुने शक्ति वा ज्ञान पनि हो । धामीझाँक्रीले गर्ने परम्परागत उपचार पनि विज्ञान सम्बद्ध नै छ’ यो विद्याको खोज अनुसन्धान लेखन व्यापक हुनु पर्नेमा जोड दिँदै नगर प्रमुख थोप्राले अहिलेका धामीझाँक्रीमा साधनाको कमी रहेको र त्यसैको परिपूर्ति र झाँक्रीको ज्ञान र शक्तिको नविकरण गर्नका लागि नगर धार्मिक तथा पर्यटकिय स्थल चिल्लागढमा झाँक्रीहरुको तिर्थको आयोजना गरिएकोमा खुशी प्रकट गर्नुभएको थियोे ।

तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालको सभापतित्त्वमा भएको कार्यक्रममा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम , उदयपुर ,धनकुटा लगायत जिल्लाका माता (झाँक्रेनी) तथा धामी (झाँक्री) गरी १ सय ६० बढीको धामीझाँक्री हरुको सहभागीता रहेको थियो।

कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष भेट्वालले समाज टुट्न होईन समाज जुट्नु पनि हो भन्दै धामीझाँक्रीहरुको सन्देश धार्मिक तथा पर्यटकिय स्थलको प्रचारप्रसार गर्नु र पर्यटनहरु भित्र्याउनु पनि आफुहरुको मुख्य उश्येय रहेको बताउनुभएको थियो ।

चिल्लागढको चिनारी एवम् माता तुलसा देवी कार्कीको जिवनी र उपचार पद्धतिको पुस्तक लोकार्पण कार्यक्रममा पुस्तकका खोज अनुसन्धान कर्ता तथा लेखक तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष भेट्वालले आफुसहित अन्य चन्द्रमणि रिमाल, डिल्लीराम खतिवडा सहित विभिन्न व्यक्तिहरुको अथक मेहनत र माता सगको डेड वर्षभन्दा धेरैको संङ्गत खोज अनुसन्धान बाट मात्रै पुस्तक प्रकाशन गर्न सफल भएको सुनाउनु भएको थियो ।

कार्यक्रममा वडा म ९ का अध्यक्ष डिल्ली फ्याम्वु, माता तुलसादेवी कार्की, चिल्लागढ धाम व्यवस्थापन समिति अध्यक्ष शिशिर तुम्बाफो, धाम परिषरमा रहेका विभिन्न मन्दिरका अध्यक्षहरु दिननाथ खतिवडा , झलक सिंह अधिकारी ,गङ्गाराम न्यौपाने , मेधनी दङ्गाल, जयनारायण पौडेल लगायत दर्जन बढी प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । उद्घाटनसत्रको स्वागत झाँक्री डिल्लीराम बास्कोटाले गर्नुभएको थियोे भने संचालन आयोजक समितिका सचिव डिकबहादुर कार्कीले गर्नुभएको थियो ।

त्यसपछिको सम्पूर्ण कार्यक्रमको सहजीकरण तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक तथा कार्यक्रमका अध्यक्ष भेट्वालले नै गर्नुभएको थियो ।

धामीझाँक्रीको कार्यक्रममा के–के देखियो त ?
बाँसको लिङ्गो, केराको खम्बा !
नुहाउन आयौँ देउताको धाममा !!
जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!
पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !!
सै राजा सै सै, सै रानी सै सै
यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थल झापाको शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढमा तन्त्र धामीझाँक्री हरुको र्याली सहितको भेला बुधबार आज सम्पन्न भएको छ। लामो समयदेखि गुप्तवास बसेका धामीझाँक्री मंसिर महिनाको पूर्णिमा अर्थात् गुरुपूर्णिमाको अवसर पारेर धार्मिकस्थल झापाको शिवसताक्षी ९ चिल्लागढमा पूजाआजा गरेर बिद्धे प्राप्तिका लागि प्रार्थना समेत गरिएको तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोशन भेट्वालले जानकारी दिनुभयो ।

लामोसमय सम्म गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवताका साथमा उधौलीको अवसर पारी गुरुपुजा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा पुगेर आफ्ना गुरु तथा देवीदेवताका मान्ने चलन मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाको शिवसताक्षी नगरपालिका९ मा रहेको धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढ परिषरमा र्याली भेला तथा ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम० चिन्ताको आयोजना गरि मनाएको हो । कोशी प्रदेशका विभिन्न जिल्लाका धामीझाँक्री मंगलबार बिहानदेखि धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढमा जम्मा भएका थिए । धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढमा धामीझाँक्रीहरुको मेलामा रमिता हेर्ने सर्वसाधारणहरुको समेत बाक्लो उपस्थिति देखिन्थ्यो।

धामीझाँक्रीहरुद्वारा ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै मंगलबार रातभर धामी नाच् स्थल चिल्लागढमा बूढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहेको थियोे । कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम , उदयपुर ,धनकुटा लगायत जिल्लाका माता९झाँक्रेनी० तथा धामी ९झाँक्री० गरि १ सय ६० बढीको धामीझाँक्री हरुको सहभागीता रहेकोे प्रदेश संयोजक भेट्वालले जानकारी दिनुभयो ।

कार्यक्रममा चिल्लागढ परिषर गेटबाट लामबद्ध भई आ–आफ्नो परम्परा अनुसारका धामीझाँक्री पहिरन लगाई बाजागाजा, ढोल, ढ्यांग्रो, थाल, झ्याम्टा, शंख, घन्टी बजाई चिल्लागढ परिषरभित्र रहेका सम्पुर्ण मठ–मन्दिरको परिक्रमा पस्चात निर्माण गरिएको धान थपनामा धुपबात्ती गरी आफ्नो आफ्नो मन्त्र र ज्ञानको सिद्धिका लागि प्राथन समेत गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका सहभागी सम्पूर्ण धामीझाँक्री, ओझा, बिजुवा, माताहरुलाई मुख्य व्यवस्थापक तथा कार्यक्रमका अध्यक्ष कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले पनि स्वागत गर्नुभएको थियो ।

गुरु पुजाको अवसरमा धार्मिक एवं पर्यटकीयस्थल चिल्लागढमा गई पुजा अर्चन गर्न अधिकाश मानिसहरू आ–आफ्नो मनोकांक्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । मंगलबार रातभर चिल्लागढ परिषरमा सामूहिक तथा एकल रुपमा देवीदेवताको पूजाआरधानासहित चिन्ता समेत (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) गरेको र बुधबार दिउँसो मात्रै सबै धामीझाँक्री घर फर्किएको कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले जानकारी दिनुभयो ।

कार्यक्रम सफल पार्न कोशी प्रदेश समन्वय समितिका सचिव डिक बा।कार्की, कोषाध्यक्ष रोशन सार्की सल्लाहकार समितिका संयोजक इन्द्र वर रिमाल, भगवती माता महारानी मन्दिर समितिका, सचिव डिल्लीराम बाँस्कोटा सदस्यहरु चिल्लागढ धाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्वापो सचिव वेदनिधि अधिकारी लगायत पदाधिकारी झाँक्री थान होम नाथ अधिकारी,चन्द्र कुमार दियाली, झरीलाल चौधरी, धनमान खाती, खडानन्द अधिकारी, कमल बास्तोला, होम नाथ अधिकारी,चन्द्र कुमार दियाली, झरीलाल चौधरी लगायत झाँक्री गुरुहरु कार्यक्रम प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने स्थानीय चिल्लगढ धाम बासी सम्पुर्णमा अध्यक्ष भेट्वालले आभार प्रकट गर्नुभएको थियोे ।

पछिल्लो समय धार्मिकस्थलहरुको महत्व बढ्दै गएपछि जिल्लास्थित १५ वटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिकस्थलको स्तरोन्नति तथा प्रवद्र्धन गरिरहेको पाइएको छ । सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरुले बताउने गरेका छ्न।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ । पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति तथा संरक्षण एवं प्रवद्र्धनको माग बढिररहेको छ । जिल्लास्थित सबै जातजातिका स्थानीय बासिन्दा आ–आफ्नो ऐतिहासिकस्थल संरक्षणमा जुटी रहेको पाईएको छ। कार्यक्रमको सहजीकरण कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले नै गर्नुभएको थियोे ।

The post कोशी प्रदेशका धामीझाँक्री झापामा, संरक्षणमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register