संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गर्ने एमालेको निर्णय, सरकार सही लयमा रहेको निष्कर्ष

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेता ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामका बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी […]

Dec 26, 2024 - 02:44
 0
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गर्ने एमालेको निर्णय, सरकार सही लयमा रहेको निष्कर्ष

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेता ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक कामका बारेमा जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेको निर्णयको अनुमोदन र समसामयिक राजनीतिक विषय भनेर चारवटा कार्यसूची तय गरिएको छ ।

बैठकले नेपाली कांग्रेससँगको सहकार्यमा पाँच महिना सरकारले गरेमा काममा सन्तुष्टि व्यक्त गर्ने ठाउँ रहेको निष्कर्ष निकालेको छ । ‘यो पाँच महिनामा अवधिमा महत्त्वपूर्ण काम अघि बढेकामा बैठकले सन्तुष्टि पनि व्यक्त गरेको छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘सरकारका काममा थप गति ल्याउनुपर्ने धेरै सुधारका काम अगाडि बढाउनुपर्ने बोधसमेत बैठकले गरेको छ ।’

उपमहासचिव ज्ञवालीले सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सुधार देखापरेको बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएर ऐन बनेर आयोग बन्ने प्रक्रियामा रहेको जानकारी दिए ।

संविधान संशोधन गर्न कार्यदल गठन गरिने

बैठकले संविधानको समीक्षा र संशोधन गर्नका लागि कांग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

‘संविधान र सङ्घीयता कार्यान्वयनको हामीले समग्र समीक्षा गर्नेछौँ । र त्यसभित्र कार्य विस्तृतीकरणका सुझाव कति कार्यान्वयन भए वा भएनन् । विज्ञ हस्तान्तरण कहाँ कति भए त्यसको पनि समीक्षा गरिनेछ,’ उपमहासचिव ज्ञवालीले भने ।

यस्तै बैठकले संसद्मा रहेका विचाराधीन रहेका विधेयकलाई छिटो टुङ्ग्याउनका लागि दुई दलका चार÷चार जना पदाधिकारी रहेको कार्यदल बनाउने निर्णयसमेत गरिएको बताए ।

संसद्मा विधेयक लामो समय अड्किरहने अवस्थाको अन्त्य गर्नका लागि क्यालेण्डर बनाउने पनि सहमति भएको उनले जानकारी दिए ।

‘विद्यामान कानुनमा सुधार गर्नका लागि विज्ञ समिति बन्नेछ । त्यसका सन्दर्भमा असान्दर्भिक रहेका कानुनलाई खारेज गर्न सुझाव दिने र नयाँ संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्न सुझाव दिने र नयाँ बनाउने कानुनमा पनि सुझाव दिनेछ,’ उपमहासचिव ज्ञवालीले भने ।

सुशासन र जवाफदेहीताका सन्दर्भमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयमा सुशासन सुधार केन्द्र बनाउने सहमतिसमेत गरिएको उनले बताए ।

सरकारको बाह्य सम्बन्ध सञ्चालनमा प्रगति भएको निष्कर्ष एमालेले निकालेकाे छ । उपमहासचिव ज्ञवालीले पछिल्लो चीनसँग भएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सम्झौता महत्त्वपूर्ण रहेको बताए ।

संसदीय छानबिन समितिले सिफारिस गरेकाअनुसार सहकारीका क्षेत्रमा देखापरेका बेथितिविरुद्ध सरकारले कारबाही अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ । सरकारले अध्यादेश ल्याएर चाँडै नै अधिकार सम्पन्न सहकारी प्राधिकरण बनाएर सहकारीका बेतिथि अन्त्य गर्ने एउटा बलियो आधार तर्जुमा गर्ने उनले बताए ।

बङ्गलादेशसँग भएको ऊर्जाको व्यापार, भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न विकासका काममा आर्थिक गतिविधिमा प्रगति देखापर्न थालेको बैठकले निष्कर्ष निकालेको छ । ज्ञवालीले पछिल्लो समयमा राजस्व सङ्कलन १७ प्रतिशत सुधारले विस्तार मुलुकले लय लिन थालेको पुष्टि गरेको दाबी गरे । बैठकले कांग्रेस र एमालेबीचमा बनेको राजनीतिक संयन्त्रले थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरू :

रावल, पाण्डे र तिम्सिनाको कारबाहीपछि शंकर पोखरेलले मागे एआईको धारणा

हामी बाहिरै भए पनि ठूलो भएको पार्टी हेर्न पाऊँ शुभकामना छ : विन्दा पाण्डे

पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो : उषाकिरण तिम्सिना

कारबाहीपछि रावलको टिप्पणी- ओली प्रवृत्तिको निरन्तरताबाट म विचलित हुन्न

भीम रावल एमाले सङ्गठित सदस्यबाट निस्कासित, पाण्डे र तिम्सिनाको जिम्मेवारी खोसियो

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register