झापाबाट काठमाडौं जाँदै गरेको विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, २५ माघ । झापाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते छन् । बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खयडअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक इभी दुर्घटना भएको हो । दुर्घटनामा चालक दोलखा गौरीशंकर गाउँपालिकाका अन्दाजी २८ वर्षका सुशन नेपालीको मृत्यु भएको हो । त्यस्तै झापा [...] The post झापाबाट काठमाडौं जाँदै गरेको विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

Feb 7, 2025 - 03:46
 0
झापाबाट काठमाडौं जाँदै गरेको विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा, २५ माघ । झापाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते छन् ।

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खयडअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक इभी दुर्घटना भएको हो । दुर्घटनामा चालक दोलखा गौरीशंकर गाउँपालिकाका अन्दाजी २८ वर्षका सुशन नेपालीको मृत्यु भएको हो । त्यस्तै झापा बाह्रदशी १ बस्ने २७ वर्षीय किस्कु मण्डल, इलाम देउमाई नगरपालिका ८ बस्ने ५३ वर्षीय सनबहादुर तामाङ, मोरङ लेटाङ २ बस्ने ३२ वर्षीया देवी लिम्बू , काठमाडौको कागेश्वरी मनहरा ५ थली बस्ने वर्ष अन्दाजी २८ की स्वेता गिरी र सोही ठाउँका वर्ष अन्दाजी २८ का संजय रोक्का घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख , प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

बा १–०३० च ९६४२ नं को इभी आज बिहान ४ बजे दुर्घटना भएको थियो । इभी सडकबाट अन्दाजी चार सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

The post झापाबाट काठमाडौं जाँदै गरेको विद्युतीय सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register