भारतका पूर्व प्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री मोदीले दिए श्रद्धाञ्जलि
नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेता तथा सर्वसाधारणले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले एक्स (पहिले ट्विटर) मा लेख्दै भनेका छन्, “भारतले आफ्नो सबैभन्दा सम्मानित नेतामध्ये एक डा. मनमोहन सिंहलाई गुमाएको छ ।” उनले मनमोहन सिंहको साधारण पृष्ठभूमिबाट सुरु भएको यात्राले उनलाई सम्मानित […]

नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेता तथा सर्वसाधारणले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले एक्स (पहिले ट्विटर) मा लेख्दै भनेका छन्, “भारतले आफ्नो सबैभन्दा सम्मानित नेतामध्ये एक डा. मनमोहन सिंहलाई गुमाएको छ ।”
उनले मनमोहन सिंहको साधारण पृष्ठभूमिबाट सुरु भएको यात्राले उनलाई सम्मानित अर्थशास्त्रीको रुपमा स्थापित गरेको भन्दै प्रशंसा गरेका छन् ।
मोदीले थप लेखेका छन्, “डा. सिंहले वित्तमन्त्रीदेखि प्रधानमन्त्रीसम्म महत्वपूर्ण भूमिकामा रहेर देशको सेवामा ठूलो योगदान गर्नुभयो । प्रधानमन्त्रीका रुपमा उहाँले जनताको जीवनस्तर सुधार्न अथक प्रयास गर्नुभयो । संसदमा उनको विचारशील हस्तक्षेप सधैं सम्झनलायक रहनेछ ।”
India mourns the loss of one of its most distinguished leaders, Dr. Manmohan Singh Ji. Rising from humble origins, he rose to become a respected economist. He served in various government positions as well, including as Finance Minister, leaving a strong imprint on our economic… pic.twitter.com/clW00Yv6oP
— Narendra Modi (@narendramodi) December 26, 2024
मोदीले आफ्नो मुख्यमन्त्री कार्यकालको स्मरण गर्दै भनेका छन्, “जब म गुजरातको मुख्यमन्त्री थिएँ, तब उहाँ प्रधानमन्त्री हुनुहुनुहुन्थ्यो । हामीले शासनसँग सम्बन्धित थुप्रै विषयमा नियमित छलफल गरेका थियौं । उहाँ सधैं विद्वान् र विनम्र देखिन्थ्यो।”
त्यस्तै, कांग्रेस नेतृ प्रियंका गान्धीले पनि सामाजिक सञ्जालमार्फत डा. सिंहको ईमानदारी र निष्ठाको प्रशंसा गर्दै लेखेकी छिन्, “राजनीतिमा थोरै व्यक्तिहरूलाई मनमोहन सिंहजस्तो सम्मान प्राप्त हुन्छ । उनका विचार र इमानदारी सधैं प्रेरणाको स्रोत रहन्छन् । कठिन परिस्थितिमा पनि उनले आफ्नो निष्ठा र धैर्य कायम राखे ।”
प्रियंकाले डा. सिंहलाई “समानताका पक्षधर, विद्वान्, दृढ इच्छाशक्ति भएका र गरिमामय व्यक्तित्व” भनेर व्याख्या गरेकी छिन् । उनले लेखेकी छिन्, “मनमोहन सिंह राजनीतिका कठिन यात्रामा एक उदाहरणीय व्यक्तित्व थिए ।”
डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जलि व्यक्त गर्नेहरूको सूचीमा नेताहरू, विशिष्ट व्यक्ति र सर्वसाधारणसमेत छन् । उनका योगदान र व्यक्तित्वलाई स्मरण गर्दै भारतले एउटा महान् नेता गुमाएको महसुस गरेको धेरैले भनेका छन् ।
What's Your Reaction?






