उदाउँदो सूर्य सेयर गर्दै प्रधानमन्त्री ओलीले दिए नयाँ वर्षको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् । उनले आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले फेसबूकमा उदाउँदो सूर्यको तस्वीर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् । ग्रेगोरियन पात्रोअनुसार […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
उनले आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले फेसबूकमा उदाउँदो सूर्यको तस्वीर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् १ नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना १’ लेखेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार आज जनवरी १ देखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको सम्भवलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
What's Your Reaction?






