वैद्यलाई भेटेर प्रचण्डले लिए स्वास्थ्य अवस्थाबारे जानकारी, बने दुबैजना भावुक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार साँझ अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भेट गरेका थिए । सो क्रममा […]

Dec 30, 2024 - 00:06
 0
वैद्यलाई भेटेर प्रचण्डले लिए स्वास्थ्य अवस्थाबारे जानकारी, बने दुबैजना भावुक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार साँझ अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारसँग पनि भेट गरेका थिए ।

सो क्रममा उपचारमा संलग्न चिकित्सकहरूले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने प्रचण्डलाई जानकारी दिएका थिए ।

सो अवसरमा वैद्यले आईसीयूमा सारेपछि केही सहजता महसुस भएको प्रचण्डलाई जानकारी दिए । प्रचण्डले वैद्यको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्यलाभको कामना गरेका थिए ।

सो क्रममा दुबैजना भावुक भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्ड र वैद्यबीच २०३८ देखि २०६८ सम्म निकै घनिष्ट सम्बन्ध रहेको थियो । पार्टी विभाजनपछि फरक पार्टीको नेतृत्वमा रहे पनि उनीहरूबीच अहिले पनि भावनात्मक सम्बन्ध गहिरो रहेको बताइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register