प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । साहले केही दिनअघि सामाजिक सञ्जाल फेसबूकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । सोही विषयमा बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले शुक्रबार अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् । साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोपसमेत […]

Feb 2, 2025 - 06:30
 0
प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ ।

साहले केही दिनअघि सामाजिक सञ्जाल फेसबूकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।

सोही विषयमा बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले शुक्रबार अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।

साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोपसमेत छ । सांसद साह र मेयर यादवबीच विवाद भइरहेको छ ।

मेयर यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गरेको आरोप साहका कार्यकर्ता गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउन न्यायधीशले आदेश दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register