अपहरणमा परेकी सात वर्षीय बालिकाको उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरी टोलबाट अपहरणमा परेकी एक सात वर्षीय बालिकालाई प्रहरीले उद्धार गरेको छ । बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी बालिकाको बिहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । खेलिरहेकी बालिकालाई अपरिचित मानिसले सिटी सफारीमा चढाएर अपहरण गरी लगेको भन्ने […]

Apr 3, 2025 - 16:25
 0
अपहरणमा परेकी सात वर्षीय बालिकाको उद्धार

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरी टोलबाट अपहरणमा परेकी एक सात वर्षीय बालिकालाई प्रहरीले उद्धार गरेको छ ।

बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी बालिकाको बिहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । खेलिरहेकी बालिकालाई अपरिचित मानिसले सिटी सफारीमा चढाएर अपहरण गरी लगेको भन्ने सूचना प्रहरीलाई बालिकाको परिवारले दिएको थियो ।

सूचनाका आधारमा बालिकालाई कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अपहरण गरेको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register