पठाओको पक्षमा सर्वोच्चको फैसला, राइड सेयरिङ नरोक्न आदेश, कानूनी मापदण्डमा ल्याइने !

काठमाडौँ । सर्वोच्च अदालतले राइडिङ सेयर गर्ने अभ्यास र व्यवसायलाई कानूनी मापदण्डमा ल्याउन आदेश दिएको छ ।  राइड सेयरिङ एप सञ्चालन गरिरहेको पठाओको दर्ता खारेज गर्नुपर्ने माग गर्दै दायर भएको मुद्दामा व्याख्या गर्दै सर्वोच्चले राइड सेयरिङ नरोक्न बरु कानूनी रुपमा व्यवस्थित र नियमन गर्न सरकारका नाममा आदेश दिएको हो ।  तर, राइड सेयरिङ जस्ता यातायात […]

Dec 31, 2024 - 10:23
 0
पठाओको पक्षमा सर्वोच्चको फैसला, राइड सेयरिङ नरोक्न आदेश, कानूनी मापदण्डमा ल्याइने !

काठमाडौँ । सर्वोच्च अदालतले राइडिङ सेयर गर्ने अभ्यास र व्यवसायलाई कानूनी मापदण्डमा ल्याउन आदेश दिएको छ । 

राइड सेयरिङ एप सञ्चालन गरिरहेको पठाओको दर्ता खारेज गर्नुपर्ने माग गर्दै दायर भएको मुद्दामा व्याख्या गर्दै सर्वोच्चले राइड सेयरिङ नरोक्न बरु कानूनी रुपमा व्यवस्थित र नियमन गर्न सरकारका नाममा आदेश दिएको हो । 

तर, राइड सेयरिङ जस्ता यातायात व्यवसायको सम्बोधनका लागि कानूनी प्रबन्ध गर्न समय लाग्ने भएकाले त्यसअवधिसम्म पठओसहित अन्य राइड सेयरिङ एप र कम्पनीहरुले शर्त पालना गरे/नगरेको अनुगमन गर्न उद्योग विभाग र यातायात व्यवस्था विभागको नाममा आदेश जारी गरेको छ । 

त्यस्तै,  अपांग महिला लगायतका यात्रुहरुको सहजताका लागि व्यवस्था गर्नुपर्ने सर्वोच्चले गरेको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register