‘नखाएको बिष लाग्दैन, घुस खाएको भए प्रमाणित गरेर देखाउनू’- माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् । काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताएका छन् । उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिएका छन् […]

Jun 13, 2025 - 13:07
 0
‘नखाएको बिष लाग्दैन, घुस खाएको भए प्रमाणित गरेर देखाउनू’- माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन् । काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौति समेत दिएका छन् । उनले अन्याय गर्नेहरुको पतन हुने उल्लेख गर्दै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् । 

‘नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । मान्छेको मनोबल गिराउने, मान्छेलाई तनावयुक्त बनाइदिने र मान्छेको व्यक्तित्वलाई सिध्याउने धेरै ठुलो अपराधी हुन्छ । तर अन्त्यमा फेरि सत्यको जित हुन्छ । असत्यको हार हुन्छ । न्यायको जित हुन्छ, अन्यायको हार हुन्छ । अन्याय गर्नेहरुको पतन हुन्छ । त्यसकारण उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’, उनले भने, ‘उच्च मनोबलका साथ अगाडि बढ्न म तपाईहरुलाई पनि आग्रह गर्न चाहन्छु । खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन । मैले त चुनौती दिने गरेको छु । मेरो जीवनका कुनैपनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउनु होस् । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको छ ? म चुनौतीका साथ भन्न चाहन्छु ।’

त्यस्तै, अध्यक्ष नेपालले सुदूरपश्चिमका कैलाली र कञ्चनपुर बाहेकका जिल्लामा समेत संगठन निर्माणमा तिव्रता दिन तल्लो कमिटीलाई निर्देशन दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register