नबिल बैंकको खुद नाफा १.२९ प्रतिशतले बढ्यो

काठमाडौँ । नबिल बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १.२९ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोहि अवधिमा ३ अर्ब २० […]

Jan 20, 2025 - 06:33
 0
नबिल बैंकको खुद नाफा १.२९ प्रतिशतले बढ्यो

काठमाडौँ । नबिल बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १.२९ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्षको सोहि अवधिमा ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा नबिलको प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register