टोपी दिवसमा व्यापारीको गुनासो- ‘बिक्री हुने चाडपर्वमा मात्रै हो’  

काठमाडौँ । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् । तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ । मानिसहरुले चाडपर्व, […]

Jan 1, 2025 - 07:53
 0
टोपी दिवसमा व्यापारीको गुनासो- ‘बिक्री हुने चाडपर्वमा मात्रै हो’  

काठमाडौँ । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँ वर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् ।

तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ । मानिसहरुले चाडपर्व, विवाह, व्रतबन्धमा मात्रै परम्परागत ढाका र भादगाउँले टोपी खोज्ने गरेको व्यापारीहरु बताउँछन् । असनमा परम्परागत ढाका र भादगाउँले टोपी, दौरा सुरुवालको व्यापार गर्दै आएका रोहित श्रेष्ठ टोपी दिवशकै लागि भनेर मानिसहरु टोपी किन्न नआउने गरेको बताएका छन् ।

‘म यो पसलको पाँचौ पुस्ता हुँ । सय वर्ष नै भइसक्यो यहाँ टोपी बेच्न लागेको । ढाकाटोपीको माग पहिला भन्दा त धेरै नै घटेको हो । तर, दौरा सुरुवालको माग भने बिहे, भोजहरुको लागि माग हुने गरेको छ ।’, उनले भने, ‘अलिक उमेर ढल्केकाहरुले कहिलेकाँही खोज्नुहुन्छ । युवाहरुले त सोध्नु पनि हुँदैन । टोपी दिवसकै लागि भनेर आउनेहरुचाहिँ एकदमै कम छन् ।’

रोल्पाका मनोजमणि आचार्य नेपालीहरुको पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्ने बताउँछन् । ‘नेपालसहित, भारत, भुटान, म्यानमारलगायत संसारभर भएका नेपाली भाषीहरुले पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्छ र लगाउने गरेको पाइन्छ । पछिल्ला वर्षमा मनाउँदै आइएको टोपी दिवसको इतिहास टोपीसँग छ । यसको मौलिकता छ ।’, उनी भन्छन्, ‘युवा पुस्ताको शिरमा टोपी देख्दा खुसी लाग्छ । तर, यसलाई संस्थागत गराउन आवश्यक पनि छ ।’

वि.स.२०७० सालदेखि नेपालीहरुमा मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले ‘टोपी दिवस’ मनाउने अभियान थालेका थिए । न्युरोड, असन क्षेत्रमा एक दशक यता परम्परागत टोपी तथा भादगाउँले टोपी बेच्दै आएका गोरख बूढा टोपी दिवस मनाउनुपर्ने बताउँछन । उनी भन्छन्, ‘ढाका टोपी दिवस मनाउनुपर्छ । यो हाम्रो पहिचान पनि हो । दौरा, सुरुवाल, टोपी त नेपालीहरुको पोसाक नै हो नि ।’ 

त्यस्तै, असनमै टोपी तथा दौरा सुरुवालको व्यापार गर्दै आएकी सबना बानु विदेशमा रहेका नपालीहरु र नेपाल घुम्न आएका विदेसीहरुले टोपी खोज्ने गरेको बताउँछिन‘नेपालीहरुले मात्र नभएर विदेशीहरुले पनि ढाका टोपी खोज्छन् ।’, उनले भनिन्, ‘पहिला एक लाखजति व्यापार हुने गरेकोमा अहिले चारपाँच लाखसम्मको व्यापार हुन्छ । तर, ढाकाटोपी मात्रैको भने यस्तो व्यापार छैन ।’

बाउबाजेको पालादेखि लगाउँदै आएको टोपी अबका छोरा नातीलाई सिकाउनका लागि भएपनि दिवसलाई जोड दिनुपर्ने रविन्द थापा बताउँछन । उनले भने, ‘नेपाली पहिचानको लागि टोपी लगाइहन्छु । नेपाली पहिचान झल्काउँछ । बाउबाजेको पालादेखिको चलनलाई चलाइरहेको पनि हो । यो त हाम्रो छोरा नातीलाई शुद्ध सिकाउनपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register