‘आतंकवादी’ आक्रमणबारे ट्रम्पको प्रतिक्रिया– मेरो भनाइलाई डेमोक्रेटिक पार्टी र फेक मिडियाले खारेज गरेका थिए

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू अर्लिन्समा भएको ‘आतंकवादी’ आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत देशमा अपराध दर कसैले नदेखेको स्तरमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘जब मैले देशमा आउने अपराधीहरू देशमा रहेका अपराधीहरूभन्दा धेरै खराब छन् भनेँ, मेरो भनाइलाई डेमोक्रेटिक पार्टी र […]

Jan 2, 2025 - 02:44
 0
‘आतंकवादी’ आक्रमणबारे ट्रम्पको प्रतिक्रिया– मेरो भनाइलाई डेमोक्रेटिक पार्टी र फेक मिडियाले खारेज गरेका थिए

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू अर्लिन्समा भएको ‘आतंकवादी’ आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत देशमा अपराध दर कसैले नदेखेको स्तरमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘जब मैले देशमा आउने अपराधीहरू देशमा रहेका अपराधीहरूभन्दा धेरै खराब छन् भनेँ, मेरो भनाइलाई डेमोक्रेटिक पार्टी र फेक मिडियाले खारेज गरेको थियो, तर अहिले भएको छ सत्य साबित हुँदैछ,’

उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘हाम्रो देशमा अपराध दर कसैले नदेखेको स्तरमा पुगेको छ ।’

ट्रम्पले आफूहरू न्यू अर्लिन्सका साहसी प्रहरी अधिकारीहरूको साथमा रहेको बताएका छन् ।

‘हाम्रो हृदय सबै निर्दोष पीडितहरू र उनीहरूका परिवारहरूसँग छ । साथै, हामी न्यू अर्लिन्सका साहसी प्रहरी अधिकारीहरूको साथमा छौं । ट्रम्प प्रशासनले यस बर्बर घटनाको अनुसन्धानमा न्यू अर्लिन्स शहरलाई पूर्ण सहयोग गर्नेछ,’ उनले भनेका छन् ।

रिपब्लिकन पार्टीका नेता ट्रम्पले यसै महिनाको २० तारिखमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

अमेरिकामा एक व्यक्तिले भीडमा ट्रकले किचेर १५ व्यक्तिको हत्या गरेका छन् भने ३५ जना घाइते भएका छन् ।

अमेरिकामा भीडमा पिक-अप ट्रक कुदाएको घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो, ३५ जना घाइते

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register