काम नगर्ने १३ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचीसहित)

काठमाडौँ । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि […]

Jan 2, 2025 - 03:29
 0
काम नगर्ने १३ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचीसहित)

काठमाडौँ । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि सार्वजनिक खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीहरुको सूचीः

१. एस. ए. एस. कन्स्ट्रक्सन प्रा.लि., विराटनगर-१६, मोरङ ।
२. एमएस Inspur Software Group Co.Ltd., China.
३. मृत सन्जिवनी- ग्याल्वा जे.भी., काठमाडौँ ।
४. मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., हेटौंडा ।
५. लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका-६, गोरखा ।
६. सुष्मी कन्स्ट्रक्सन प्रा.लि., गोकर्णेश्वर नगरपालिका-५, काठमाडौं कार्यालय, अत्तरपुर, सिन्धुपाल्चोक ।
७. रविन कन्स्ट्रक्सन, गुलरिया-६, बर्दिया ।
८. थोत्रा सप्लायर्स/मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गा.पा.-६ ।
९. M/S M.D. Optical Solution Pvt. Ltd.  Pokhara-१५, कास्की ।
१०. शिलादेवी एस.बि.डि. निर्माण सेवा प्रा.लि., शुक्लागण्डकी-२, तनहुँ ।
११. त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर ।
१२. खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका-४, कपिलवस्तु ।
१३. मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register