धारिलो हतियार देखाएर दुर्व्यवहार गरेको आरोपमा नेकपा (बहुमत) दाङका सेक्रेटरी पक्राउ

काठमाडौं । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन)लाई पक्राउ गरेको छ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका-१९ बाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए । उनीमाथि मंसिर ६ गते बिहान ९ घोराही-१५ बीपी चोकका ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ […]

Jan 2, 2025 - 06:44
 0
धारिलो हतियार देखाएर दुर्व्यवहार गरेको आरोपमा नेकपा (बहुमत) दाङका सेक्रेटरी पक्राउ

काठमाडौं । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन)लाई पक्राउ गरेको छ ।

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका-१९ बाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

उनीमाथि मंसिर ६ गते बिहान ९ घोराही-१५ बीपी चोकका ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि दुर्व्यवहार गरेको आरोप छ ।

बाटोमा हिँडिरहेको बेलामा नेपाल सञ्जीवनी इन्सिच्युट अफ हेल्थ साइन्स प्रालि कलेज गेट नजिकै खड्काको समूहले धारिलो हतियार देखाउँदै बस्नेत दम्पत्तिलाई नियन्त्रणमा लिएका थिए । उक्‍त समूहले बस्नेत दम्पत्तिको नाकमा हतियारले चोट बनाएका थिए ।

घटनापछि नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी अमरले निकालेर घटनाको जिम्मा लिएका थिए । घटनापछि उनीहरु फरार थिए ।

अब कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register