बैङ्ककमा भूकम्पले भत्केको भवनबाट संवेदनशील फाइल चोर्ने चार चिनियाँ नागरिक पक्राउ
काठमाडौं । थाइल्याण्डको राजधानी बैङ्ककमा भूकम्पले भत्केको एक भवनबाट संवेदनशील फाइल चोरी गर्ने ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बैङ्कक प्रहरीका अनुसार तिनले भवनमा रहेको राज्य लेखापरीक्षण कार्यालयको कोठाबाट ३२ वटा फाइल चोरी गरेका थिए । गत हप्ता छिमेकी देश म्यानमार केन्द्रबिन्दु बनाएर गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले उक्त भवन भत्केको थियो । भत्केको भवनमा अनुमति […]

काठमाडौं । थाइल्याण्डको राजधानी बैङ्ककमा भूकम्पले भत्केको एक भवनबाट संवेदनशील फाइल चोरी गर्ने ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बैङ्कक प्रहरीका अनुसार तिनले भवनमा रहेको राज्य लेखापरीक्षण कार्यालयको कोठाबाट ३२ वटा फाइल चोरी गरेका थिए ।
गत हप्ता छिमेकी देश म्यानमार केन्द्रबिन्दु बनाएर गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले उक्त भवन भत्केको थियो । भत्केको भवनमा अनुमति बिना प्रवेश गर्न नपाइने निषेधित क्षेत्र घोषणा गरिएको थियो । ती चिनियाँ नागरिक भवनमा अनधिकृत ढङ्गले प्रवेश गरेका थिए ।
थाइ न्यूज पोर्टल द नेशनलका अनुसार उक्त भवन चिनियाँ सहयोग परियोजनाअन्तर्गत निर्माण गरिएको थियो । उच्च भूकम्पीय जोखिम बहन क्षमता र प्रविधि प्रयोग गरी बनाइएको भनिएको भवन भूकम्प आएको केही सेकेन्डमै भत्केको थियो ।
भत्केको भवनमा दर्जनौं मानिस पुरिएका थिए । १८ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।
भत्केको भवनको भग्नावशेषभित्र चिनियाँ नागरिक छिरेको सूचना पाएपछि बैङ्कक प्रहरीले विशेष अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले पत्रकार सम्मेलन गरी फाइल चोरीको घटना सार्वजनिक गरेको थियो ।
प्रहरीका अनुसार फाइल चोरीमा संलग्न ४ मध्ये एक भवन निर्माण हुँदा परियोजनाका म्यानेजर थिए । अन्य तीनले आफूहरू भवन निर्माणको सब कन्ट्र्याक्टर भएको बताएका छन् ।
तिनले कम्प्युटरबाट चोरेका फाइल पछि ब्लुप्रिन्ट प्रयोग गरी पुनर्स्थापित गरिएको थियो ।
चोरिएका फाइलमा भवन निर्माणको डिजाइन, निर्माण सामग्री प्रयोग र निर्माण सम्बन्धी अन्य कागजात संलग्न थिए । ती कागजात भवनको गुणस्तर, लागत र भुक्तानी दाबीका लागि महत्त्वपूर्ण थिए ।
चिनियाँ निर्माण परियोजनाका कमजोरी लुकाउन फाइल चोरी गरिएको आशङ्का छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको थाइ प्रहरीले जनाएको छ ।
What's Your Reaction?






