राजस्थानमाथि कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट राजस्थान रोयल्समाथि कोलाकाता नाइट राइडर्सले सहज जित हासिल गरेको छ । गुवाहाटीमा बुधबार राति सकिएको खेलमा कोलकाताले आठ विकेटको सहज नतिजा ल्याएको हो । राजस्थानले दिएको १५२ रनको मध्यम लक्ष्य कोलकाताले मात्र दुई विकेट गुमाएर १५ बल बाँकी छँदै १५३ रन बनाएर पूरा गर्यो । कोलकाताको जितमा क्लिन्टन […]

Mar 27, 2025 - 00:14
 0
राजस्थानमाथि कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट राजस्थान रोयल्समाथि कोलाकाता नाइट राइडर्सले सहज जित हासिल गरेको छ ।

गुवाहाटीमा बुधबार राति सकिएको खेलमा कोलकाताले आठ विकेटको सहज नतिजा ल्याएको हो ।

राजस्थानले दिएको १५२ रनको मध्यम लक्ष्य कोलकाताले मात्र दुई विकेट गुमाएर १५ बल बाँकी छँदै १५३ रन बनाएर पूरा गर्यो ।

कोलकाताको जितमा क्लिन्टन डी कक नायक बने । शतक बनाउनबाट तीन रनले चुकेका उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए । उनले ६१ बलमा अविजित ९७ रन बनाए ।

यस्तै अङ्क्रिस रघुबङ्शीले २२ रनको योगदान दिए । राजस्थानका लागि वनिन्दु हसारङ्गाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३, यशस्वी जैसवालले २९ र कप्तान रियान परागले २५ रन बनाए ।

कोलकातामा चार बलरले दुई–दुई विकेट लिए । जसमा मोइन अली सबैभन्दा किफायती बन्न सफल रहे ।

जारी प्रतियोगितामा कोलकाताको दोस्रो खेलमा पहिलो जित हो भने राजस्थान समान दुई खेल खेल्दा जितविहीन छ ।

राजस्थानले दियो कोलकातालाई १५२ रनको लक्ष्य

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register