इतिहास रच्दै पीएसजी बन्यो च्याम्पियन्स लिग विजेता

काठमाडौं । पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रचेको छ। बुधबार राति भएको फाइनलमा इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको हो। फ्रेन्च लिग वान च्याम्पियन पीएसजीलाई यो ऐतिहासिक जित दिलाउन डिजेर डुवेले दुई गोल गरे भने अशरफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी […]

Jun 1, 2025 - 04:25
 0
इतिहास रच्दै पीएसजी बन्यो च्याम्पियन्स लिग विजेता

काठमाडौं । पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रचेको छ। बुधबार राति भएको फाइनलमा इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको हो।

फ्रेन्च लिग वान च्याम्पियन पीएसजीलाई यो ऐतिहासिक जित दिलाउन डिजेर डुवेले दुई गोल गरे भने अशरफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले एक-एक गोल थपे।

खेलको १२औँ मिनेटमा हाकिमीले गोल गर्दै पीएसजी लाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको केही समयपछि २०औँ मिनेटमा डुवेले गोल गरेपछि पीएसजीले खेलमा आफ्नो पकड बलियो बनायो।

दोस्रो हाफमा पनि पीएसजीले आफ्नो आक्रमण जारी राख्यो। डुवेले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई थप फराकिलो बनाए। त्यसको १० मिनेटपछि नै क्वारात्स्खेलियाले काउन्टर अट्याकमार्फत गोल गर्दै पीएसजीलाई ४-० को स्थितिमा पुर्‍याए।

खेलको ८६औँ मिनेटमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै मायुलुले गोल गर्दै पीएसजीको लागि पाँचौँ गोल थपे। इन्टर मिलानले खेलभर खासै प्रभावकारी आक्रमण गर्न सकेन र पीएसजीको सशक्त प्रदर्शनसामु निरीह देखियो।

लुइस एनरिकेको नेतृत्वमा रहेको पीएसजीले यसपटक च्याम्पियन्स लिगको उपाधि यात्रामा बलिया टोलीहरूलाई पराजित गर्‍यो । अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै उनीहरू फाइनलमा पुगेका थिए।

यसअघि सन् २०२० मा पनि पीएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो, तर त्यतिबेला बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो। यसपटक भने पीएसजीले आफ्नो विगतको गल्ती सुधार्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register