रास्वपा केन्द्रीय समिति बैठकले गर्‍यो ११ निर्णयहरु (सूचीसहित)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । शनिबारदेखी स्वयम्भूमा सुरु भएको बैठक आइतबार विभिन्न ११ वटा निर्णय गर्दै सम्पन्न भएको कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको  छ । यस्तै  बैठकले पार्टीको राजनीतिक […]

Jan 5, 2025 - 15:11
 0
रास्वपा केन्द्रीय समिति बैठकले गर्‍यो ११ निर्णयहरु (सूचीसहित)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । शनिबारदेखी स्वयम्भूमा सुरु भएको बैठक आइतबार विभिन्न ११ वटा निर्णय गर्दै सम्पन्न भएको कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको  छ ।

यस्तै  बैठकले पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरूको सुझाव सहित पारित गरिएको छ । राजनीतिक प्रशिक्षण केन्द्रीय देखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता झाले जानकारी दिए ।

प्रवक्ता झाका अनुसार संविधानमा आवश्यक परिमार्जनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register