कैलालीमा ४६ जनाले गरे एमाले परित्याग गरेको घोषणा, पूर्वमाओवादी भनेर हेपेको आरोप
काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता–कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । उनीहरूले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै एमाले छाडेको घोषणा गरेका हुन् । एमाले परित्याग गर्नेहरू नेकपा विघठनपछि एमालेमा लागेका नेता–कार्यकर्ता रहेको पाइएको छ । एमाले भएर बस्दा आफूहरूले पटक–पटक अपमानित पूर्वमाओवादीको रुपमा अपमानित हुनुपरेको उनीहरूको गुनासो छ । उनीहरूले गोदावरी […]

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता–कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् ।
उनीहरूले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै एमाले छाडेको घोषणा गरेका हुन् ।
एमाले परित्याग गर्नेहरू नेकपा विघठनपछि एमालेमा लागेका नेता–कार्यकर्ता रहेको पाइएको छ ।
एमाले भएर बस्दा आफूहरूले पटक–पटक अपमानित पूर्वमाओवादीको रुपमा अपमानित हुनुपरेको उनीहरूको गुनासो छ ।
उनीहरूले गोदावरी नगर अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।
एमाले परित्याग गर्नेमा नगर कमिटी सदस्य कल्पनाकुमार विकदेखि संगठित सदस्य फगी कामीसम्म छन् ।
What's Your Reaction?






