भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा परी ९ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढ राज्यको विजापुरस्थित कुत्रु बेन्द्रे सडकमा संदिग्ध माओवादीको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रहरीकाअनुसार यो आक्रमण आईईडी विस्फोटबाट गरिएको हो । बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले भने, ‘दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेशनबाट फर्किंदै गर्दा आक्रमण भएको हो ।’ प्रहरीका […]

Jan 6, 2025 - 11:02
 0
भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा परी ९ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढ राज्यको विजापुरस्थित कुत्रु बेन्द्रे सडकमा संदिग्ध माओवादीको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार यो आक्रमण आईईडी विस्फोटबाट गरिएको हो ।

बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले भने, ‘दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेशनबाट फर्किंदै गर्दा आक्रमण भएको हो ।’

प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुत्रु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विस्फोट भएको थियो ।

विस्फोट यति शक्तिशाली थियो कि ८ जिल्ला रिजर्भ गार्डका जवान र एक चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

केही जवानहरू गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो पछिल्लो समय प्रहरीमाथि भएको सबैभन्दा ठूलो आक्रमण हो । माओवादीले यो हमला कसरी गराएका हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, यो घटनाले सुरक्षाकर्मीको चिन्ता बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register