शाेक प्रस्ताव पारित गरेर स्थगित भयाे राष्ट्रिय सभा बैठक

Jun 4, 2023 - 07:56
 0
शाेक प्रस्ताव पारित गरेर स्थगित भयाे राष्ट्रिय सभा बैठक
शाेक प्रस्ताव पारित गरेर स्थगित भयाे राष्ट्रिय सभा बैठक

काठमाडौं । राष्ट्रिय सभाकाे बैठक साेमबार सम्मका लागि स्थगित भएकाे छ । आइतबार पहिलाे बैठक अवरुद्ध भएपछि बसेकाे राष्ट्रिय सभाकाे दाेस्राे बैठक पूर्व संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्री मीना पाण्डेको शोक प्रस्ताव पारित गरेर स्थगित भएकाे हाे ।

त्यसअघि आजै बसेकाे पहिलाे बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरुद्ध गरेकाे थियाे । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएकाे अभिव्यक्ति विरुद्ध एमालेले विराेध जनाएकाे हाे । एमालेले आजका लागि तय सबै कार्यसूची हटाएर यी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेकाे थियाे ।

एमालेकाे विराेधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएकाे थियाे । त्यसपछि सुरु भएकाे बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभारबारे राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउनेसहित तीन वटा विषय कार्यसूचीबाट हटाइएको जानकारी गराउनुभएकाे थियाे ।

त्यसपछि उहाँले शाेक प्रस्ताव पेस गर्नुभयाे । शाेक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएकाे हाे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक जेठ २२ गते १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएकाे जानकारी गराउनुभयाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1