शिवसताक्षीमा सडक निर्माण तीव्र, चार सडक कालोपत्रे हुने तयारी

सरोज भट्टराईशिवसताक्षी, २९ फागुन । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेको ४ सडक कालो पत्रेको तयारी गरिएको छ । नगरको विनियोजित बजेटबाट निर्माण थालिएको चार सडक गरीजम्मा ४.५४ किमी सडक कालो पत्रेको तयारी गरिएको हो । जस अन्तर्गत शिवसताक्षीको दूधे – शिवगञ्ज ७५० मिटर सडक कालो पत्रेका तयारी गरिएको हो । सडकको सवबेस [...] The post शिवसताक्षीमा सडक निर्माण तीव्र, चार सडक कालोपत्रे हुने तयारी appeared first on Jhapa Online.

Mar 13, 2025 - 14:06
 0
शिवसताक्षीमा सडक निर्माण तीव्र, चार सडक कालोपत्रे हुने तयारी

सरोज भट्टराई
शिवसताक्षी, २९ फागुन ।
झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेको ४ सडक कालो पत्रेको तयारी गरिएको छ । नगरको विनियोजित बजेटबाट निर्माण थालिएको चार सडक गरीजम्मा ४.५४ किमी सडक कालो पत्रेको तयारी गरिएको हो ।

जस अन्तर्गत शिवसताक्षीको दूधे – शिवगञ्ज ७५० मिटर सडक कालो पत्रेका तयारी गरिएको हो । सडकको सवबेस र बेसको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जुन सडक १० मिटर चौडा रहेको छ । शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित १ करोड, १३ लाख ७१ हजार २५२ विनियोजत बजेटबाट सडक निर्माणको काम अघि बढाइएको हो ।

शिवसताक्षी नगरको दुधे शिवगञ्ज सडकलाई चौडा गर्ने काम गएको वर्षदेखि थालिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । यो सडक नगरको मुल सडकको रुपमा रहेको हो । पूर्वपश्चिम लोकर्माबाट शिवसताक्षी नगरपापिलकाको कार्यालय हुँदै नगरको पुरानो बजार शिवगञ्ज दक्षिण भारतको सिमाना कुञ्जिबारीसम्म जाने सडकको रुपमा रहेको नगरप्रमुख थोप्राले जानकारी दिए । नगर नगरभित्रका चार मुख्य सडकहरुको कालो पत्रे गर्न अन्तिम तयारी छ । साना र छोटा सडकहरुमा पनि काम धमाधाम भइरहेको नगरप्रमुखको भनाई छ । नगर प्रमुखले सडक तोकिएको मापदण्ड अनुसार नै बन्ने र सडक निर्माणको क्रममा प्राविधिक र नगरको अनुगमन टोलीले निरन्तर निगरानी गरिरहेको बताए ।

सडक निर्माणका क्रममा बाटो अत्यधिक धुलो उढेर बाटो वरपरका बासिन्दालाई सास्ती भएको गुनासो आएको थियो । आम नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै कामलाई तिब्रता दिएको सडक निर्माण कर्ता प्रकाश साँवाले जानकारी दिए । उनले भने, काम ढिला गर्ने हाम्रो नियत होइन । आगामी आषाढ २ गते निर्माण कार्य पुरा गरेर नगरपालिकालाई जिम्मा दिने सम्झौता भए पनि समय अनुकल रह्यो भने, अब २० दिन सम्ममा कालो पत्रेको काम सम्पन्न गर्ने योजना गरेको छ ।

त्यस्तै शिवसताक्षी नगरपालिकाले रिङ्गरोड सडक अन्तर्गत दुई स्थानमा सडक निर्माणको काम भइरहेको छ । जस अन्तर्गत शिवसताक्षी ९ चन्द्रडाँगी–माइधार सडकको कामलाई पनि तिब्रता दिएको हो । उक्त सडक १५ सय मिटर लम्बाई र ५.५ मिटर चौडा रहेको शिवसताक्षी नगरपालिकाका इन्जिनियर कृष्ण राईले जानकरी दिए । जसको भ्याट सहितको १ करोड २२ लाख, ३ हजार १७७ लागतमा निर्माण कार्य सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षीको गौरवको सडक रिङ्गरोड अन्तर्गत कै नगरको वडा नं. ३ र ४ जोड्ने १४ सय ७० मिटर सडक पनि निर्माणको चरणमा छ । जसको चौडा ५.५ मिटर रहेको छ ।

त्यस्तै गरी शिवसताक्षीको वडा नं. २ स्थित कमल खोला पुर्व मोती माध्यमिक विद्यालयसम्मको सडकको पनि स्तरोन्नतीको काम भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसको लम्बाई ५५० मिटर चौडा ५.५ मिटर रहेको बताइएको छ । उक्त सडक ४४ लाख २१ हजार ९८५ रुपैया नगरपालिकाको विनियोजित बजेटबाट निर्माण भइरहेको छ । सडकको कालो पत्रेका लागि वेसको काम सकिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। नगरका निर्माणधिन सडकको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीसहित प्राविधिक टोलीले निरन्तर अनुगमन गरेका छन् । त्यस्तै शिवसताक्षीको वडा नं. ६ शिवगञ्ज हल्लारचौक सडक पनि निर्माणको चरणमा छ ।

चालु वर्षको भौतिक पूर्वाधारको काम बैशाखसम्ममा सम्पन्न हुनेः प्रमुख प्रशासकीय अधिकृत तुम्हाङफे
शिवसताक्षी नगरपालिकाको चालु आर्थिक वर्षमा सडक लगायत भौतिक पूर्वाधारको कामहरु आगामी बैशाख सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। हाल चालु अवस्थामा रहेका कामहरुको ७५ प्रतिशत प्रगति भएको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्हाङफेले जानकरी दिइन् । उनले बर्खा लागेपछि पूर्वाधारको काम थाल्ने र बर्खामा काम गर्ने परम्परा यस वर्ष हुँदैन । उनले भनिन् बैसाख महिनामा मै सबै काम सक्ने गरी काम गर्दैछौं । बैशाख लागेपछि कुनै पनि ठेक्का खुलाउने योजना नरहेको प्रमुख प्रशासकीय अधिृकत सम्वाङफेको भनाई छ ।

हाल चालु अवस्थामा रहेका सडकहरु संघीय सरकार र नगरपालिकाको साझेदारी योजना हो । नगरपालिकाले निर्माणको चरणमा रहेको सबै सडकको थिग्नेस तथा फिल्ड डेसन्सीटी टेष्ट गरेको छ। ल्यावबाट परीक्षण गरिएको रिर्पोट राम्रो आएपछि मात्र काम अघि बढाउने गरेका छौ । उनले भनिन् सडक मापदण्ड अनुसार नै निर्माण हुने छन् ।

The post शिवसताक्षीमा सडक निर्माण तीव्र, चार सडक कालोपत्रे हुने तयारी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register